२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुंगेललाई खोज्दै अख्तियार



अ+ अ-

काठमाडौं । निलम्वित डीएसपी कुमुद ढुंगेलका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। उनको सम्पत्ति शंकास्पद देखिएको उजुरी परेपछि थप सम्पत्ति विवरण भराउन अख्तियारले ढुंगेललाई खोजेको हो।

रानीबारीस्थित एक घरमा भएको डकैती घटनामा ढुंगेलको भूमिका शंकास्पद देखिएपछि उनलाई निलम्वन गरिएको थियो। अख्तियारले असार २८ मा प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी ढुंगेललाई उपस्थित गराउन भनेको छ। प्रहरी मुख्यालयले ढुंगेललाई यथाशिघ्र पक्राउ गरी अख्तियारमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर टेकुलाई भनेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले ढुंगेललाई अख्तियारमा उपस्थित गराउन आएको पत्र आफूले पाएको बताए। ‘हामीले खोजी गरिरहेका छौं’, उनले भने, ‘सम्पर्कमा आउनेबित्तिकै अख्तियारमा बुझाउँछौं।’ अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले ढुंगेललाई उपस्थित गराउन पत्राचार गरिएको पुष्टि गरे। ‘पत्र पठाएका छौं’, उनले भने, ‘थप अनुसन्धानमै रहेकाले सबै विषय खुलाउन मिल्दैन।’

काठमाडौं प्रहरीको सादा पोसाकमा रहेर काम गरेका ढुंगेल पछिल्लो पटक इलाका प्रहरी रौतहटमा कार्यरत थिए। रौतहटमै रहेका बेला उनी निलम्वनमा परेका हुन्। उनकै नाता पर्ने समिरमानसिंह बस्न्त्यात कारागारमा छन्। उनीहरूबीच १ सय ६० पटक फोन सम्पर्क देखिएको छ। जेलमै रहेका अर्का अभियुक्त रमेश बाहुनसँग पनि उनको सम्पर्क देखिएको छ। उनको गतिविधि शंकास्पद देखिएपछि गृहसचिव प्रेमकुमार राईले निलम्वन गर्र्न स्वीकृति दिएका थिए। उनको स्थायी घर नुवाकोट भएकाले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पनि पत्राचार गरेको पाइएको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ।