२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुलामञ्चमा सटर बनाउन दिने महानगरका अधिकृतलाई कारबाही



अ+ अ-

काठमाडौं । खुलामञ्चमा अवैध सटर बनाउन स्वीकृति दिने काठमाडौं महानगरपालिकाका तत्कालीन प्रशासन शाखाका अधिकृत ज्ञानेन्द्र कार्कीलाई कारबाहीस्वरूप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ । मंगलबारको निर्णयपछि मन्त्रालयले कार्कीलाई काजमा खटिन निर्देशन दिएको छ ।

०७३ को वैशाखमा कार्कीले भ्युटावर निर्माण कम्पनी जलेश्वर स्वच्छन्द विकोई बिल्डर्सका मालिक मनोज भेटवाललाई खुलामञ्चमा सटर बनाउन स्वीकृति दिएका थिए । त्यसवेला महानगरपालिकाका कार्यकारी अधिकृत अध्यागमन विभागका महानिर्देशक सह–सचिव ईश्वरराज पौडेल थिए ।

कार्कीकै स्वीकृतिपछि भेटवालले खुलामञ्चमा सटर बनाई व्यापारिक प्रयोजनमा लगाएका थिए । सटर बनाएपछि भेटवालले साना लगानीका व्यापारीसँग सलामी रकमसहित झन्डै आठ करोड रुपैयाँ असुलेका थिए । जनदबाबपछि खुलामञ्चमा बनाइएका सटर भत्काइएका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।