२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री, आजै शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुरको यस्तो धन्दा, नपढ्दा पनि पैसा असुल्यो



अ+ अ-

काठमाडौँ । वसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज (टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर) ले कलेज छोड्न चाहेमा फिर्ता दिने सर्तअनुसार विद्यार्थीसँग लिएको भर्ना शुल्क फिर्ता दिन अटेर गरेको छ ।

कलेजले दन्त चिकित्सा स्नातक तह (बीडीएस) पहिलो वर्षमा भर्ना गरेकी प्रगति बडू र आस्था प्याकुरेलको १३ लाख रकम फिर्ता नदिएको हो । गत कात्तिकमा कलेज भर्ना गरेकी बडूको एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निस्केपछि उनले डेन्टल कलेजबाट भर्ना शुल्क फिर्ता मागिन् तर पाइनन् ।

डेन्टल कलेजको कक्षामा एक साता मात्रै उपस्थित भएको बताउँदै विद्यार्थीका अभिभावक गणेश बडूले भने, ‘भर्ना गर्ने समयमै हामीले छात्रवृत्तिमा नाम निस्किए कलेज छोड्छौं भनेका थियौं । छात्रवृत्ति परेमा भर्ना शुल्क फिर्ता हुने सर्तमै हामीले रकम बुझाएको हो, एक पैसा पनि फिर्ता भएन ।’ विद्यार्थी सिट संख्या (५१) पुगेपछि शुल्क फिर्तादिने भन्दै झुलाइरहेको बडूले बताए ।

त्यस्तै, बीडीएस पहिलो वर्षमा भर्ना भएर ५ दिनमात्रै कक्षामा उपस्थित भएकी आस्था प्याकुरेलको पनि डेन्टल कलेजले भर्ना शुल्क फिर्ता दिन मानेको छैन । स्वास्थ्यमा समस्या आएपछि उनले पढाइ रोक्ने निर्णय लिएकी थिइन् ।

रकम फिर्ता हुने आसमा सम्बन्धित निकाय धाएर थाकिसकेको बताउँदै विद्यार्थीकी आमा अम्बिका प्याकुरेलले भनिन्, ‘छोरीलाई माइग्रेन छ । मन नलागेको कलेजमा पढाउँदा झन् आत्तेली भनेर मैले कलेज छुटाइदिएको हो । सिट संख्या पुगेपछि फिर्ता दिन्छु भनेको पैसाएक वर्ष बितिसक्दा पनि फिर्ता दिएका छैनन् ।’

भर्ना शुल्क फिर्ता गराउन विद्यार्थी पक्ष शिक्षा मन्त्रालयदेखि काठमाडौं विश्वविद्यालय (केयू) सम्म धाइरहेका छन् । बारम्बार निवेदन दिँदा पनि शुल्क फिर्ता नभएकोमा चिन्तित छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको रकम फिर्ता गर्नुपर्छ भन्दै २०७५ कोपुसमा केयूलाई पत्राचारसमेत गरेको छ ।

भर्ना गरिसकेपछि बीचमा कजेल छोड्न चाहेका कुनै शुल्क फिर्ता नहुने लिखित सम्झौताअनुसार रकम फिर्ता नगरेको कान्तिपुर डेन्टल कलेजका सञ्चालक डा.बुद्धिमान श्रेष्ठले दाबी गरे । ‘विद्यार्थीले मन लागे भर्ना गर्ने, मन नलागे छोड्ने गरेपछि सिट संख्या खेर जान्छ, हाम्रो कलेज चल्दैन,’ उनले भने, ‘यस्तो शुल्क नेपालको कुनै मेडिकलकलेजले फिर्ता गर्दैन भने हामीले किन गर्ने ?’

सञ्चालक डा. श्रेष्ठले लिखित सम्झौताअनुसार नै रकम फिर्ता नगरेको बताए पनि विद्यार्थी पक्ष यो स्विकार्दैनन् । अभिभावक बडूले भने, ‘अंग्रेजीमा लेखेका कागजमा सुँइसुइँ साइन गर्न लगाए मैले त केही बुझिनँ । यस्तो कागजमा पनि साइन गर्न लगाएको रहेछ थाहै भएन ।’ काठमाडौं विश्वविद्यालयकै कलेजमा विद्यार्थीले भर्ना गरेको एक साताभित्र पढाइ छोड्न चाहे ९० प्रतिशत शुल्क फिर्ता हुने नियम भए पनि केयूबाट सम्बन्धन प्राप्त कलेजमा यो छैन ।

मुख्य कजेलका लागि बनेको नियम सम्बन्धन प्राप्त कलेजमा लागू नहुँदा विद्यार्थी मारमा परेको बताउँदै केयूका सहायक डिन दीपक श्रेष्ठले भने, ‘नैतिक र सामाजिक आधारमा एक साता मात्रै पढेको विद्यार्थीको रकम कलेजले फिर्ता गर्नुपर्ने हो ।

कान्तिपुर डेन्टललाई हामीले यो विषयमा बोलाएर छलफल पनि गरेका छौं ।’ सिट खेर जाने नाममा शुल्क फिर्ता नगर्ने मेडिकल कलेजको प्रवृत्ति भए पनि ठोस नियम नहुँदा कारबाही गर्न नसकेको उनले बताए । विद्यार्थीका यस्ता समस्या समाधान गर्न केयूले नयाँ नियमबनाउने तयारी गरिरहेको उनको भनाइ रहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।