२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब



अ+ अ-

काठमाडौं। गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ। कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए। अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र छ।

काठमाडौंका नाङ्लेभारे, लप्सीफेदी र साँखुमा मन्दिरका नाममा रहेको जग्गा सबै मोहीकै नियन्त्रणमा छ। जग्गाबाट खासै आयस्ता पनि आउँदैन। वर्षको २ देखि ३ लाखसम्मको बाली आउने गरेको रामचन्द्र मन्दिर गुठीका सदस्यसचिव केशवध्वज राणाले जानकारी दिए। ‘सबै जग्गा मोहीले कमाएका छन्’, उनले भने, ‘बाली भन्दै कसैले अलिअलि बुझाउँछन्।’

निजी गुठीबाट सञ्चालन भएको मन्दिर भए पनि जग्गा कहाँ कति छ भन्ने यथार्थ विवरण गुठीसँग छैन। यस्तै जग्गामा कति मोही छन् भन्ने तथ्यांक छैन। सदस्यसचिव राणा भन्छन्, ‘सरकारसँग त विवरण छैन, हामीसँग के हुन्छ रु ’ मन्दिरको आर्थिक स्रोत चन्दा, दक्षिणा, भेटी तथा मन्दिर प्रांगणमा सेवासुविधा दिएबापत विवाह, व्रतबन्धबाट प्राप्त हुने शुल्क मात्र हो। मन्दिरका कार्यालय सचिव वसन्त खड्काले जग्गाजमिनको आयस्ता नआउने बताए। उनले भने, ‘गुठीको जमिन कहाँ छ, कस्तो अवस्थामा छ भन्ने जानकारी छैन।’ उनले सामाखुसी, भैँसीपाटी, गोंगबुँ लगायत ठाउँमा जग्गा छ भन्ने सुनेको बताए।

विगतमा गौशाला पशुपतिनाथ नजिक बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर नेपालको धनी मन्दिरका रूपमा गनिन्थ्यो। राम मन्दिरजस्तो ढाँचाको गुम्बज शैलीको मन्दिर नेपालमा अर्को नरहेको पुरातत्त्वविद् बताउँछन्। विगतमा जग्गाको आम्दानीबाटै मन्दिरको पूजाआजा, जात्रा, मेला सञ्चालन हुन्थ्यो।

वि।सं। १९३३ र १९५१ मा लघु आकारका शिवालाय मन्दिर परिसर निर्माण भए। राजा विक्रमादित्यको सिंहासनलाई अप्सरा स्वरुपका बत्तीसवटा पुतली उडाएर ल्याई थुम्को (डाँडो) मा राखिएको भन्ने किंवदन्ती छ। त्यसैको प्रतीक स्वरुप मन्दिरको गर्भगृहमा बत्तीसवटा पुतलीका आकृति कुँदिएका छन्। यसैको नामबाट यहाँको बस्तीको नाम नै ‘बत्तीस पुतली’ रहेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।