२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री, आजै शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ लाख जनशक्ति उत्पादन हुँदा दुई लाख बेरोजगार



अ+ अ-

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएकामध्ये झण्डै दुई लाख युवा बेरोजगार रहेका छन् । आफ्नो देशमा रोजगारी नपाउँदा दक्ष जनशक्तिको रुपमा रहेका ती युवा विदेशिन बाध्य भएका हुन् । दक्ष जनशक्ति विदेशिने क्रम बढ्दा मुलुकमा ब्रेन ड्रेनको खतरा हुन सक्ने चेतावनी शिक्षाविद्हरुले दिएका छन् ।

पछिल्लो १० वर्ष अर्थात् २०६६ सालदेखि हालसम्म झन्डै पाँच लाख युवाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएका छन् । तीमध्ये दुई लाख बढी रोजगारविहीन रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को तथ्यांकमा उल्लेख छ ।

सरकारी तथा निजी क्षेत्रबाट मुलुकमा रोजगारी नपाउँदा तालिमप्राप्त जनशक्ति पनि रोजगारीका लागि विदेशिन बाध्य भएका हुन् । तालिम प्राप्त जनशक्ति विदेशिने क्रम बढेपछि सरकारले लिएको समृद्धिको लक्ष्यमा समेत गम्भीर चुनौती सिर्जना हुने देखिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।