२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री, आजै शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अकुत सम्पत्ति आर्जनमा धेरै, भ्रष्टाचार मुद्दामा अख्तियारको रेकर्ड



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष सबैभन्दा बढी मुद्दा चलाएको छ। मुद्दा संख्या यो आवमा ३ सय ५० भन्दा बढी छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोब्बर हो ।

२०७४/७५ मा १ सय ९४ मुद्दा चलाइएको थियो। २०७३/७४ मा १ सय ५४ वटा मुद्दा विशेष अदालतमा दर्ता भएका थिए। यो संख्या २०७२/७३ मा १ सय ४४ थियो। त्यसअघि पनि अख्तियारले यो वर्षभन्दा बढी मुद्दा दर्ता गरेको देखिँदैन।

अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले यो वर्ष सबैभन्दा बढी मुद्दा विशेष अदालतमा दर्ता गरिएको बताए। अख्तियारले तत्कालीन आयुक्त राजनारायण पाठकलाई पनि मुद्दामा तानेको छ।

उजुरी र मुद्दा बढ्ने मात्र होइन, तामेलीमा रहेका मुद्दालाई अख्तियारले बिउँझाएको छ। ९१ लाख बिगोसहित पूर्वगभर्नर तिलकबहादुर रावलसहित तीन जनाविरुद्ध मुद्दा चलाइएको छ। कालिका कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सनविरुद्ध अख्तियारले मुद्दा चलाएको छ।

पप्पु कस्ट्रक्सनले ठक्का लिएको बर्दियाको जब्दीघाट पुल बनिनसक्दै भत्किएका थियो। उक्त निर्माण कम्पनीका सञ्चालक एवं सांसद हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियारले चलाएको छ।

कालिका कन्स्ट्रक्सनले ठेक्का लिएको बाँकेको सिक्टा नहर सञ्चालन नहुँदै भत्किएको थियो। त्यसपछि कम्पनी सञ्चालक एवं पूर्वमन्त्री विक्रम पाण्डे र आयोजनाका चार प्रमुखसहित २१ जनाविरुद्ध २ अर्ब १३ करोड बिगो मागदाबी गरी मुद्दा चलाइएको छ।

अकुत सम्पत्ति आर्जनमा धेरै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। उदयपुरको कटारी र इलामको माई नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकालले छोटो समयमा अकुत सम्पत्ति आर्जन गरेको पाइएको छ। सवा ७ करोडभन्दा बढी सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ।

यही वर्ष आयल निगमका पूर्वकार्यकारी गोपालबहादुर खड्काविरुद्ध १८ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइयो। यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठ २ करोड १० लाख अकुत सम्पत्ति आर्जन अभियोगमा तानिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका काठमाडौं रेडियो अपरेटर (नासु) श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ।