२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा महन्तको यस्तो दादागिरी, मठ मन्दिरको अर्बौंको जग्गा विक्री



अ+ अ-

जनकपुर । एक महन्तले गुठी संस्थानअन्तर्गत विभिन्न मठ मन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको तथ्य फेला परेको छ। महोत्तरी महिटानी गाविस स्थायी घर भएका लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवले सबा तीन अर्ब रुपैयाँभन्दा बढीको सरकारी जमिन बिक्री गरेका हुन्।

सरकारी जमिनको संरक्षण नहुँदा संस्थानअन्तर्गत रुपन्देही र धनुषा जिल्लामा लक्ष्मी नारायण, रामजानकीलगायत मन्दिरको करिब सात बिघा जमिन बिक्री गरेर हिनामिना गरेका छन्। उक्त जमिनको अहिलेको चलनचल्तीको मूल्य तीन अर्ब २३ करोड रुपैयाँ पर्छ।

नागरिकलाई प्राप्त कागजातअनुसार जगन्नाथले धनुषामा करिब पाँच बिघा र रुपन्देहीमा दुई बिघा जमिन विभिन्न मितिमा बिक्री गरेको भेटिएको छ। चलनचल्तीको मूल्यअनुसार धनुषाको जग्गाको मूल्य करिब तीन अर्ब र रुपन्देहीको जमिनको मूल्य करिब २३ करोड पर्छ।

मन्दिरका गुरु कौशल किशोरको मृत्युपछि उनका चेला जगन्नाथले मठमन्दिरले प्रयोग गर्दै आएको जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेका हुन्। मालपोत, नापीका कर्मचारी र गुठी संस्थानका उच्च नेतृत्वसँगको मिलेमतोमा उनले जग्गा बिक्री गरेका हुन्। गुठी संस्थानको हेलचक्र्याइँका कारण महन्तले सरकारी जमिनमा रजाइँ गर्दै आएका छन्।

२०५४ सालमा गुठी संस्थानको महन्त नियुक्त भएपछि वैष्णवले विभिन्न मितिमा जग्गा बिक्री गर्दै आएको स्रोतले बतायो। यी महन्तलाई रुपन्देही, महोत्तरी, धनुषा, सर्लाही, सिरहा र पर्साका मठमन्दिरको रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी छ। उनी रामानु सम्प्रदायबाट महन्त भएका हुन्। धार्मिक मान्यताअनुसार संस्थानले सम्बन्धित सम्प्रदायबाट नै महन्त नियुक्त गर्ने परम्परा छ। मानमहन्त मठमन्दिरको शीर्षस्थ व्यक्ति हो। महन्तले मठमन्दिरको जमिन संरक्षण गर्ने दायित्व भए पनि धार्मिक परम्परा र मान्यताविपरीत आफैंले बिक्री गरेका छन्।

जगन्नाथ दासले आफ्नो नामको जग्गा भएको बताउँदै आए पनि उक्त जमिन मन्दिरबाट आफ्नो नाममा ल्याएका हुन्। जहाँजहाँ मठमन्दिर छन्, त्यहाँत्यहाँ जगन्नाथको नाममा जमिन छ। विगतमा मठमन्दिरको जमिन गुरुको नाममा दर्ता गर्ने प्रचलन रहेकोमा त्यसको फाइदा उठाउँदै गुरुको मृत्युपछि आफ्नो नाममा उनले ल्याएर बिक्री गरेका हुन्। ‘जगन्नाथले संस्थानकै नेतृत्व र मालपोतका कर्मचारीको मिलेमतोमा जग्गा आफ्नो नाममा ल्याएका हुन्,’ गुठी संस्थाका एक उच्च अधिकारीले भने, ‘नेतृत्व चुप लागेर बस्दा अर्बौं रुपैयाँको सम्पत्ति बिक्री गरे।’समाचार नागरिक दैनिकमा प्रकाशित छ ।