२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातारको वर्षाका कारण तरकारीको भाउ वृद्धि



अ+ अ-

काठमाडौं । दैनिक उपभोग्य तरकारीको भाउ गतवर्ष यो बेलाको तुलनामा थोकमै ३५५ प्रतिशतसम्म महँगिएको छ । गत बिहीबारदेखिको लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानका कारण तरकारी आयातमा अवरोध पुगेपछि तरकारीको भाउ आकासिएको हो ।

लगातारको वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भाउ आकासिएको व्यापारी बताउँछन् । लगातारको वर्षाका कारण महँगिएको तरकारीको भाउले गर्दा उपभोक्तालाई मात्रै होइन, व्यापारीलाई समेत समस्या भएको व्यापारी बताउँछन् ।

कालीमाटीका थोक व्यापारी रमेश गतवर्ष यही समयमा धार्नी र ढकमा तरकारी किन्न आउने ग्राहक अहिले केजीमा मात्रै भाउ सोध्न आउने गरेको अनुभव सुनाए । ‘देशका ठाउँ–ठाउँमा लगातार ठूलो वर्षाले बाटो भत्किएर बजारमा तरकारी नै आएको छैन, अलिअलि आएको पनि भाउ छोइसाध्यै छैन’, उनले भने ।

कलङ्कीबाट कालीमाटी तरकारी बजारमा तरकारी किन्ने आएकी कल्पना घिमिरेले तरकारी र फलफूलको मूल्य महँगिएको सुनेर चकित भइन् । उनले भनिन् ‘के तरकारी किन्ने भन्ने नै अन्योल भयो, के किन्ने महँगो उतिकै छ त्यही पनि ताजा भए त हुन्थ्यो नि, हेर्दै बासी जस्तो छ, के किन्ने खै १’ वरपरको पसलमा राम्रो तरकारी नपाएपछि कालीमाटीमै आइपुगेका नवराज पौडेलले महँगोमा पनि राम्रो तरकारी नपाएको गुनासो गरे ।

एक सय रुपियाँ मुस्किलले एक किलो तरकारी किन्न सकिन्छ । व्यवसायीले पसलपिच्छे फरक मूल्यमा बिक्री गरेका छन् । बजारमा खुला ठगी भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ । बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो तर, विभागले प्रभावकारी रूपमा अनुगमन गरेको देखिँदैन । बजारभाउ बढ्नुमा सरकारी निकाय मौन बसेको आरोप उपभोक्ताकर्मी बताउँछन् ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिलसेनाले पसलै पिच्छे तरकारी र फलफूलको भाउ फरक हुँदा पनि यसको सरकार निकायबाट कुनै अनुगमन नहुनु विडम्बना भएको बताएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।