२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर फालेमा ५० हजार जरिवाना



अ+ अ-

काठमाडौं । अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छरु कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको बिसाउने मनशाय त छैनरु यसो हो भने महानगरीय प्रहरी परिसर र काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले तपाईंलाई सीसीटीभीबाट पहिचान गरी ५० हजार रुपैयाँसम्म जरिवाना गर्नेछ । महानगरपालिकाले यो प्रयोजनका लागि प्रहरी परिसरलाई पाँच करोड ८० लाख रुपैयाँ अनुदान सहयोग गरिसकेको छ । प्रहरी परिसरको सडकमा जडित सीसीटीभी विगतमा अपराध अनुसन्धान र ट्राफिक व्यवस्थापनमा प्रयोग हुँदै आएको थियो ।

अब बाटोघाटोमा फोहोर छोडेर फुत्कनेलाई पनि यही सीसीटीभीमार्फत पक्रने छ । त्यति मात्र होइन, निजी स्तरबाट राखिएका सीसीटीभीमा कैद भएका प्रमाण वा मोबाइलबाट खिचिएको दृश्यलाई पनि मान्यता दिएर फोहोर फाल्नेलाई कारबाही गरिने छ । महानगरपालिका कार्यान्वयन विभाग प्रमुख धनपति सापकोटाका अनुसार अपराध अनुसन्धान, गुन्डागर्दी, सवारी दुर्घटनामा र ट्राफिक नियमको उल्लङ्घन, सामाजिक अभद्र व्यवहार सबैलाई सीसीटीभीको केन्द्रीय कक्षबाटै पहिचान गरेर कारबाही गरिन्छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान सिंहका अनुसार आर्थिक वर्ष २०७६÷७७ को सुरुबाटै महानगरका सबै दोबाटो, चौबाटोमा सीसीटीभी जडान हुने छ । अहिले पनि फोहोर जथाभावी फ्याँक्नेलाई कारबाही नभएको भने होइन । कार्यान्वयन विभाग प्रमुख सापकोटाका अनुसार तीन लाख रुपियाँ जरिवाना शुल्क महानगरपालिकाले उठाएको छ ।

नियमअनुसार एक हजारदेखि ५० हजार रुपियाँसम्म महानगरपालिकाले जरिवाना गर्न सक्छ । यसलाई अझ प्रभावकारी बनाउँदै सर्वसाधारणमा सार्वजनिक स्थानमा फोहोर थुपार्न हुन्न भन्ने सजगताका लागि पनि सीसीटीभी जडान गर्ने योजना तयार भएको हो । ‘प्रहरी र महानगरपालिकाले संयुक्त रूपमा यो कारबाही अगाडि सार्दा फोहोर गर्नु पनि अपराध हो भन्ने कुरा अब झल्काउँछ’, प्रमुख धनपति सापकोटो भने ।

हालै मात्र डिल्लीबजार पीपलबोटमा फालिँदै आएको फोहोरलाई व्यवस्थापन गरी यहाँ फोहोर फाल्न निषेध गरिएको छ । यो स्थानमा फोहोर फ्याँक्दै आएकाले यही स्थानबाट एक सय मिटर आसपास ढकाल आलुप्याज सेन्टर, वसन्तेश्वर महादेव र सामुन्नेको शिव पराजुली किराना पसलअगाडि फोहोर थुपार्न थालेका छन् । जाडोमा खास्टोभित्र फोहोरको पोको राखेर, मोटरसाइकलको लेगगार्डमा झुन्ड्याएर र वर्षादमा छाताको डन्डीमा फोहरको पोका गुथेर खुसुक्क बाटोमा फाल्ने प्रवृत्ति अझै नहटेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।