२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७४/७५ को पहिलो १० महिनाको तुलनामा चालु आवको सोही अवधि (साउनदेखि वैशाख) सम्म वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३८ दशमलव ६ प्रतिशतले घटेको हो । दक्षिण कोरिया र मलेसिया जाने कामदार सबैभन्दा धेरै घटेका छन् ।

मलेसिया जाने कामदारको संख्या गत वर्षको तुलनामा ९४.६ प्रतिशत घटेको छ । चालु आवको पहिलो १० महिनामा पाँच हजार तीन सय ५३ जना मात्र मलेसिया गएका छन् । नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियामा गत वर्ष ९९ हजार दुई सय ३६ कामदार रोजगारीका लागि गएका थिए । मलेसियासँग श्रम सम्झौता गरी व्यवस्थितरूपमा कामदार पठाउने भने पनि भिसा प्रोसेसिङ तथा स्वास्थ्य जाँच गर्ने कम्पनीको निक्र्यौल हुन नसक्दा १३ महिनादेखि कामदारले मलेसियाका लागि प्रक्रिया अघि बढाउन पाएका छैनन् । नवीकरण भएका र पहिले नै भिसा प्राप्त गरिसकेका मात्र मलेसिया रोजगारीमा गएका हुन् ।

दक्षिण कोरिया जाने कामदारको संख्या भने चालु आवको अन्तिम महिनामा सुधार भएको ईपीएस कोरिया शाखाले जनाएको छ । कोरिया जाने कामदारको संख्यामा गत वर्षभन्दा सुधार भएको छ । तर, मलेसियाको रोजगारी भने अनिश्चिततामै चालु आव गुज्रेको छ । चालु आवमा नेपालीको प्रमुख रोजगारी गन्तव्यमा कतार, संयुक्त अरब इमिरेट्स (यूएई) तथा साउदी अरब रहेका छन् ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।