२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस १४ औँ महाधिवेशनमा नेताहरु…



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने बताउनु भएको छ । 

सोमबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता खाँडले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने बताउनु भएको हो । उहाँले आफ्नो उम्मेदवारी महामन्त्रीमा दिँदा पार्टी सभापतिलाई टिम समायोजन गर्न कठिन भएकोले केन्द्रिय सदस्यमै सिमित रहेको समेत बताउनु भयो । नेता खाँडले पार्टीको एकता र सशक्तीकरणका लागि आफू सदैव एक कदम पछि हटेर सहयोग गरिरहेको भन्दै प्रधानमन्त्रीलाई साथ दिनु आफ्नो दायित्व भएको बताउनु भयो । नेता खाँडले पार्टीको १५ औँ महाधिवेशन विद्युतीय मतदानबाट हुने पनि दाबी गर्नुभयो ।

नेता खाँडले भन्नुभयो, ‘पुराना अनुहारहरुको पनि यो पार्टीमा धेरै योगदान छ । युवापुस्ताहरु पनि आउनु भएको छ । त्यसैले पुराना र युवा पुस्तालाई संयोजन गरेर हामी अघि बढ्नेछौँ । १५ औँ महाधिवेशनमा नेपाली काँग्रेस विद्युतीय मतदानमा जान्छ । यसपटक सभापति पहिलो चरणमा नै पार गर्नुहुन्छ र विजयी हुनुहुन्छ । त्यही नै मतदाताहरुको रोजाई देखियो । म एक कदम पछि हटेर पार्टीको वृहत्तर एकताका लागि काम गरेको छु । अहिले पनि पार्टी सभापति, प्रधानमन्त्रीलाई साथ दिनु मरो दायित्व हो । टिम मिलाउन केही कठिनाइ देखिएपछि मैले केन्द्रिय सदस्यमा नै बसेको हुँ ।’

त्यस्तै नेपाली काँग्रेसका नेता शशांक कोईरालाले आफ्नो स्वविवेकले मन लागेको मानिसलाई भोट दिने बताउनु भयो । आफू जहिल्यै पनि काँग्रेसलाई एकवद्ध भएर जानुपर्छ भन्ने सोचाइका साथ अघि बढेको भन्दै उहाँले कुनै पक्ष र कुनै विपक्ष भनेर अघि नबढ्ने बताउनु भयो ।

नेता कोईरालाले भन्नुभयो, ‘म कुनै पक्षमा जान्न भन्दा किन अचम्म रु मैले भनिहालेँ नि आफ्नो स्वविवेकले भोट दिन्छु । मैले आफ्ना सभर्थकलाई भनेको छु, मैले ४ वटै पक्षलाई लिएर जानुपर्छ भन्ने मान्छे हो । म कस्तो हुँ भने काँग्रेसलाई एकवद्ध बनाएर लैजानुपर्छ भन्ने मान्छे हो । त्यसैले कुनै पक्षलाई म केही भन्दिन ।’

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताउनु भयो । उहाँले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था सिर्जना भएको बताउनु भयो ।

सभापतिका उम्मेदवार सिंहले भन्नुभयो, ‘साँचै भनौँ भने यो १४ औँ महाधिवेशन बहुदलिय व्यवस्थाको पुनर्बहाली पछि २०४८ सालदेखि महाधिवेशनको अनुभव गरेका छौँ । यसपटक नेतृत्वको असक्षमता, नेतृत्वको असफलता, पार्टीलाई विधानले निर्देशित गरेका कार्यहरु गर्न नसकेको कारणले क्रियाशील सदस्यतामा पनि ढिलो भयो । नियमहरुमा मनपर्दी गरेर समयावधि सकिसकेपछि महाधिवेशन गरिएको छ ।’

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डमाा सञ्चालन भइरहेको छ । आज ९सोमबर० पार्टी नेतृत्व चयनको लागि मतदान भईरहेको छ । पार्टीको नेतृत्वका लागि शेरबहादुर देउवा, डा। शेखर कोईराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याणकुमार गुरुङ चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।  




भर्खरै