२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैज्ञानिक सडकले विपत्ति



अ+ अ-

पाँचथर । असार ११ गतेको पहिरोले पाँचथरको याङवरक २ फलैँचामा एक घर भत्कायो। पहिरोका कारण करिब दर्जन घरका परिवार विस्थापित भए ।

गाउँसम्म सडक विस्तार गरेपछि सामान्य वर्षा हुँदा पनि पहिरो गएको स्थानीय बताउँछन्। ‘सडक आसपासबाटै पहिरो सुरु भएको छ,’ स्थानीय कृष्ण प्याकुरेल भन्छन् ‘सडक खनेको ठाउँमा जताततै पहिरो गएको छ।’

मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा शुक्रबार पहिरोले टीकाराम लावतीको घर भत्कायो। घर मुन्तिरबाट खनिएको सडकबाट सुरु भएको पहिरोले लावतीको घर भत्काएको वडाध्यक्ष अविसन लावतीले जानकारी दिए। मिक्लाजुङका विभिन्न स्थानमा सडक आसपासबाटै पहिरो जान सुरु भएको उनको भनाइ छ।

तीन वर्षअघि घरदेखि दुई कान्ला मुन्तिरबाट विस्तार गरिएको सडकमा हर्न बजाउँदै गाडी गुड्दा फालेलुङ–३ ताङ्लेपाको स्कुल टोलका ६२ वर्षीय विष्णुभक्त लावती खुसीले गद्गद् थिए ।

तर, उनको त्यो खुसी वर्ष दिन नपुग्दै विपत्तिमा परिणत भयो। ०७४ साउन २६ गते रातिदेखि चार दिनसम्म निरन्तर परेको वर्षातपछि घरछेउकै सडकबाट सुरु भएको पहिरोले उनको घर भत्काइदियो ।

२७ साउनको बिहान घर मुन्तिरबाट विस्तार गरिएको सडक भित्तादेखि पहिरो जान थाल्यो। जसोतसो भागेर ज्यान बचाएका उनी र उनको परिवारले हेर्दाहेर्दै घर र बारी पहिरोमा परिणत भयो। उनको घरसहित अन्नबाली लगाएको २० रोपनी जमिन पहिरोले लग्यो।

०७४ साउन २७ गते बिहानको पहिरोले फालेलुङ–१ चुक्पादिनका ८३ वर्षीय तिलोचन विकको ज्यान लियो। विकसहित यहाँका चार घरलाई सडकमाथिबाट आएको पहिरोले पुर्‍यो।

स्थानीय भन्छन्, ‘पाखो परेको भिरालो जमिनमा डोजर (स्काभेटर) लगाएर जथाभावी सडक खनेकै कारण सडक आसपासबाट अहिले पनि दर्जनौं स्थानमा पहिरो गएको छ।’, समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।