२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले फेरी गर्यो यस्तो निर्णय, पहिले भन्दा १० गुणा बढी तिर्नुपर्ने



अ+ अ-

काठमाडौं । कम्युनिस्ट पार्टीहरूले जस्तै कांग्रेसले पनि आर्थिक कोषका लागि सबै क्रियाशील सदस्यसँग लेबी उठाउने तयारी गरेको छ । निर्वाचित सांसदबाट मात्रै शुल्क लिँदै आएको कांग्रेसले अब प्रत्येक क्रियाशील सदस्य, इकाई, वडा, गाँउ/नगर, प्रदेशसभा क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति सदस्यसँग लेबी उठाउने गरी नियमावली बनाएको हो ।

नयाँ नियमावलीअनुसार जिल्ला समिति, प्रदेश समिति, केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसँग पनि लेबी उठाउनेछ । त्यस्तै, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र सदस्य, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यले पनि पार्टीलाई लेबी तिर्नुपर्ने व्यवस्था गरेको छ । ‘नेपाली कांग्रेसको नियमावली २०७६’अनुसार कांग्रेस ‘मासबेस्ड’बाट अब ‘क्याडरबेस्ड’ पार्टीमा जान लागेको छ ।

२२ असारमा बसेको केन्द्रिय कार्यसमिति बैठकमा नियमावली पेस गरिएको छ । केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा अन्य केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, मीन विश्वकर्मा, जीवन परियार र ईश्वरी न्यौपाने सदस्य रहेको समितिले नियमावली पेस गरेको हो । नियमावली सर्वसम्मत पेस गरिएको हो । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ ।

समिति सदस्य पौडेलले पार्टीलाई आत्मनिर्भर बनाउनका लागि शुल्क बुझाउनुपर्ने व्यवस्था नियमावलीमा गरिएको बताए । ‘पार्टीलाई आन्मनिर्भर बनाउन र सिस्टमबाट चलाउन विभिन्न तहमा जिम्मेवारीमा रहेका साथीहरू र सदस्यबाट निश्चित शुल्क उठाउने व्यवस्था नियमावलीमा गरी केन्द्रिय कार्यसमिति बैठकमा पेस गरेका छौँ,’ पौडेलले भने, ‘पैसा भएकाले मात्रै सहयोग गर्दा पार्टीको कोष कमजोर हुने र कहिलेकाहीँ कार्यालय सञ्चालन गर्नसमेत हम्मेहम्मे पर्ने भएपछि यो व्यवस्था गर्न लागिएको हो ।’

क्रियाशील सदस्यता लिने शुल्क पनि बढ्यो
पार्टीको नयाँ क्रियाशील सदस्य बन्नका लागि योग्यता पुगेका सदस्यले ५ सय तिरेर आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यसअघि क्रियाशील सदस्यता लिँदा र नवीकरण गर्दा एक सय रुपैयाँ मात्रै तिरे पुग्थ्यो । नयाँ नियमावलीअनुसार क्रियाशील सदस्यता लिने शुल्क ५ गुणाले बढ्दै छ । नवीकरणमा ३ दशमलव ६५ गुणा बढेको छ । पार्टी सदस्यता लिन पहिला ५ रुपैयाँ तिरे पुग्थ्यो, अब १० गुणा बढी अर्थात् ५० रुपैयाँ तिर्नुपर्नेछ ।

यसरी बाँडिन्छ लेबी रकम
पार्टीका पदाधिकारी, सदस्य र प्रतिनिधिबाट उठाइएको लेबी सम्बन्धित कार्यसमितिले पाउनेछन् भने सदस्यता शुल्कबापत आएको रकम र सहयोग रकम बाडफाँट गर्ने व्यवस्था नियमावलीमा गरिएको छ । बाडफाँट केन्द्रले गर्ने र कुन कार्यसमितिलाई कति दिने भन्ने व्यवस्था पनि नियमावलीको मस्यौदामा उल्लेख छ । मस्यौदाका अनुसार केन्द्रमा जम्मा भएको रकममध्ये केन्द्रले ५० प्रतिशत, प्रदेश कार्यसमितिलाई १५ प्रतिशत र जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, नगररगाउँ कार्यसमिति, नगर÷गाउँ वडा कार्यसमितिलाई ७–७ प्रतिशतका दरले रकम वितरण गरिनेछ ।

प्रत्येक महिना ७ गतेभित्र पछिल्लो महिनाको लेबी
पार्टीको सम्बन्धित निकायले प्रत्येक महिनाको ७ गतेभित्र पछिल्लो महिनाको प्राप्त सहयोग रकम पार्टी केन्द्रीय कार्यालयमा पठाउनुपर्ने नियमावलीमा प्रस्ताव गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख र सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र सदस्य, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यले पार्टी केन्द्रीय कार्यालयका नाममा रहेको बैंक खातामा प्रत्येक महिनाको ७ गतेभित्र पछिल्लो महिनाको लेबी जम्मा गर्नुपर्नेछ । जिल्लास्तरीय राजनीतिक नियुक्ति पाएका पार्टी सदस्यले सम्बन्धित जिल्ला कार्यसमितिमा, प्रदेशस्तरीय राजनीतिक नियुक्ति पाएका पार्टी सदस्यले सम्बन्धित प्रदेश कार्यसमितिमा बुझाउनुपर्छ । त्यस्तै, केन्द्रस्तरीय राजनीतिक नियुक्ति पाएका पार्टी सदस्यले सम्बन्धित केन्द्रमा लेबी बुझाउनुपर्छ ।

वडामा निर्वाचित अध्यक्षले पारिश्रमिकको १५ प्रतिशत र वडा सदस्यले १० प्रतिशत लेबी पार्टीमा बुझाउनुपर्नेछ । संघीय संसद्का सदस्यले संघीय संसदीय दलमा र प्रदेशसभा सदस्यले पार्टीको प्रदेश संसदीय दलमा तोकिएको २० प्रतिशत लेबी बुझाउनुपर्नेछ । भ्रातृ तथा शुभेच्छुक संस्थाका सदस्यहरूलाई समेत यो व्यवस्था लागू गर्दै लगिने नियमावलीमा उल्लेख छ ।

लेबी नबुझाउनेलाई पार्टी र संसदीय निर्वाचनमा टिकट नदिने
आफ्नो पदअनुसारको लेबी पार्टीलाई तिरेको रसिद पेस गरेपछि मात्रै पार्टीमा र संसदीय निर्वाचनमा पार्टीका तर्फबाट टिकट प्राप्त गर्नलायक हुने व्यवस्था पनि नियमावलीमा छ । तोकिएको लेबी नबुझाउने सदस्यलाई पार्टी र संसदीय निर्वाचनको कुनै पनि तहमा चुनाव लड्न नदिने वैधानिक व्यवस्था गरिएको छ ।

‘लेबी रकम नबुझाउने सदस्य स्थानीय तह, प्रदेश र संघीय संसदीय निर्वाचन र पार्टीका कुनै पनि तहको निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन्’ प्रस्तावित नियमावलीको नियम २४ ९ग० मा भनिएको छ ।

क्रियाशील सदस्यता नवीकरणबाट मात्रै सवा १७ करोड
पार्टी केन्द्रीय कार्यालयका अनुसार कांग्रेसमा अहिले क्रियाशील सदस्य ४ लाख ७० हजार छन् । ती सदस्यको नवीकरणबाट मात्रै पनि कांग्रेसले एक वर्षमा १७ करोड, १५ लाख ५० हजार रुपैयाँ कोषमा जम्मा गर्छ ।

देशभर पार्टी संगठनलाई चलायमन बनाउन विभिन्न शीर्षकमा शुल्क उठाउने व्यवस्था सिफारिस गरिएको केन्द्रीय सदस्य पौडेलले बताए । यो व्यवस्थासहितको नियमावली कार्यसमितिले पारित गर्यो भने कांग्रेस ‘मास बेस्ड’बाट ‘क्याडरबेस्ड’ पार्टीमा रूपान्तरण हुने समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।