२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकी-महाराजगन्ज सडक खण्डः अर्को वर्षदेखि निर्माण



अ+ अ-

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि कलंकी–महाराजगन्ज सडक खण्डको अवरोध हटाएर विस्तार गर्ने भएको छ । अहिले चिनियाँ कम्पनीले उक्त खण्डको डिपिआर निर्माण गरिरहेको छ ।

सडक विभागको वैदेशिक समन्वय महाशाखा प्रमुख अर्जनुजंग कार्की चिनियाँ पक्षसँग छिट्टै वार्ता गरेर सडक विस्तार कार्यलाई अघि बढाउने तयारी भइरहेको बताउँछन् ।

‘चिनियाँ पक्षसँग केही हप्ताभित्रै वार्ता गर्ने तयारी गरिरहेका छौँ,’ उनले भने, ‘उनीहरुले तयार पारेको प्रारम्भिक डिपिआरमाथि छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ ।’

महाशाखाले उक्त खण्डको ८।२ किलोमिटर सडकमा भएका घर, टहरा, बिजुलीका पोल, टेलिकम/अन्य सेवा प्रदायक कम्पनीका पोल, खानेपानी, ढल तथा रुख हटाउने काम अघि बढाइएको जनाएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।