२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकको कुटाईबाट विद्यार्थीको मृत्यु, आफन्त आक्रोशित



अ+ अ-

काठमाडौं । एक निजी स्कुलका शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको गएराती मृत्यु भएको हो । मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको हो । मृतक विद्यार्थीका मामा पुष्पमणी जोशीले शिक्षककै कुटाईबाट भान्जाको मृत्यु भएको बताए । उनका अनुसार डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पताल हुँदै तीनदिन अघि मात्रै उनलाई भारतीय अस्पतालमा उपचारका लागि लगिएको थियो ।

विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार जना शिक्षकलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुर प्रहरीका अनुसार प्रिन्सिपल यशोदा जोशी, शिक्षकत्रय दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछका लागि ल्याएको हो । विद्यालय बाहिर साथीभाईसंग झैझगडाको विषयलाई लिएर विद्यालयका प्राध्यानाध्यापक सहितका शिक्षकले कुटपिट गरेको छात्रको परिवारले बताएका थिए । कक्षा ९ मा अध्ययनरत कलौनीलाई १३ असार (शुक्रबार) विद्यालयमै कुटपिट गरेको उनका बाबु बृरस्पती कलौनीले बताए। मृतक कलौनीका बाबुले प्रअ यशोदा जोशी, शिक्षत्रय लक्ष्मण दत्त भट्ट, हर्क जाग्री र दुर्गादत्त पाठकले कुटपिट गरेर घाईते बनाएको यस अघि नै आरोप लगाएका थिए ।

कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट र दायाँखुट्टा भाँचिएको थियो । ‘मेरो छोरोलाई शिक्षकले विद्यालयमै सामुहिक रुपमा कुटपिट गरे, ‘उनले भने, ‘उतिबेला छोराले डरले हामीसंग भनेन्, पछि मात्रै कुटपिट गरेको थाहा भयो ।’ १५ असार (आईतबार) प्रअ जोशीले आफुलाई टेलिफोन गरेर विद्यालयमा बोलाएर छोरालाई जिम्मा लगाईदिएको उनले बताएका थिए । ‘तपाईको छोराले ठुलो गल्ती गर्यो, लैजानुहोस भन्यो, ‘उनले भने, ‘नाबालक छोरा भएकाले प्रहरीमा उजुरी नदिनुहोस भनेर आग्रह गरेर ल्याए ।’ माधवले विद्यालयका अन्य साथीभाईसंग पनि कुटपिट गर्ने झै–झगडा गर्ने र खुकुरी समेत प्रहार गर्ने जस्ता कृयाकलाप गरेकाले उनलाई विद्यालयले निकाला गरिदिएको छ ।

विद्यालयलले माधवलाई बाबुको जिम्मा लगाउदै उनको (टिसी) ट्रान्सक्रिप्ट सर्टिफिकेट र (सिसी) क्यारेक्टरसटिफिकेट समेत दिएर विद्यालयबाट विदाई गरिदिएका थिए । परिवारले उनलाई डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा उपचार गराए । त्यहाँ उनको खुट्टामा प्लास्टर गरेर थप उपचारका लागि रिफर गर्यो, बुधबार महाकाली अञ्चल अस्पतालमा उपचारका लागि ल्याएका थिए, त्यहाँ पनि उनको उपचार हुन नसकेपछि थप उपचारका लागि कलौनीलाई रिफर गरेपछि परिवारले उनलाई नेपालगन्ज शिक्षण अस्पताल हुँदै भारतीय राममूर्ती अस्पतालमा उपचार गराईराखेका थिए । उपचारकै क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित रहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।