२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयलाई छनौटमा चलखेल गरेको भन्दै मन्त्रालय र केन्द्रविरुद्ध अदालत जाने पीडितको तयारी



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नमुना विद्यालयको सूचीमा परेका दुई विद्यालयको नाम हटाएर अर्कै विद्यालयलाई छनौट गरेपछि पीडितहरु अदालत जाने तयारीमा छन् ।

विद्यालयको भौतिक, प्रशासनिक र आर्थिक अवस्था, विद्यार्थी संख्या, उत्तीर्ण प्रतिशत लगायतका विषयमा मूल्याङकन गरी उत्कृष्ट नम्बर पाएका १६ मध्य दुई विद्यालयको नाम काटेपछि नमुनामा परेका विद्यालयहरु मन्त्रालय र शिक्षा तथा मानवस्रोत विकास केन्द्रविरुद्ध अदालत जाने तयारीमा जुटेका हुन् ।

मन्त्रीको सचिवालय, केन्द्रका केही कर्मचारीको चलखेलले गर्दा मूल्याङकनको आधारमा नमुना विद्यालय सिफारिस भएका दुई विद्यालयको नाम काटिएको हो । नाम थपिएका विद्यालयमध्य एउटा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको जिल्लाको हो ।

स्रोतका अनुसार सुदूरपश्चिमको कञ्चनपुरको वैजनाथ माविको नाम काटेर महाकाली माविको नाम समावेश गरिएको छ । त्यस्तै महोत्तरीको सुधा माविको नाम हटाएर लक्ष्मी चण्डी मुरारका माविको नाम समावेश गरिएको छ । ‘नमुना विद्यालयको लागि प्रतिष्पर्धा गर्दा उच्च अंक पाएका दुई विद्यालयको नाम हटाएर कम अंक ल्याउने विद्यलयलाई नमुना विद्यालय बनाउन मन्त्रीको सचिवालय र केन्द्रका उच्च तहका कर्मचारीको चलखेल देखिएको छ–मन्त्रालयका उच्च अधिकारीले भनेको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।