२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको यस्तो निर्णयले करोडौँ राजस्व गुम्दै



अ+ अ-

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीलाई सहुलियतको घोषणा गरे पनि हाइब्रिडको परिभाषा नै स्पष्ट नगर्दा यसले करोडौँ राजस्व गुम्ने अवस्था सिर्जना भएको छ ।

विश्व बजारमा हाइब्रिड गाडी तीन प्रकारका हुने र जसमध्ये दुई प्रकारका गाडीले मात्र सुविधा पाउँदै आएका छन् । तर, नेपालमा भने माइल्ड वा स्मार्ट हाइब्रिड भनिने तर पूर्ण रुपमा पेट्रोलबाटै चल्ने गाडीले समेत यस्तो सुविधा लिनसक्ने देखिएको भन्दै सरोकारवालाहरुले सचेत गराएका छन् ।

विश्व बजारमा ब्याट्री र इन्धन दुबैबाट चल्ने पीएचईभी र इञ्जिन स्टार्ट भएसँगै आफैं चार्ज हुने प्रविधियुक्त गाडीलाई मात्र हाइब्रिड मानिँदै आए पनि नेपालमा भने ब्याट्री र सानो मोटर भएको तर पूर्ण रुपमा पेट्रोलबाटै चल्ने गाडीलाई पनि हाइब्रिडकै परिभाषामा राखिएको छ ।

यद्यपि, सरकारले कर छुटको मात्र घोषणा गरेको र व्यवसायीले हाइब्रिडको आफूखुशी परिभाषा गरिरहेको जानकारहरु बताउँछन् । भारतले समेत माइल्ड वा स्मार्ट हाइब्रिड गाडीलाई सन् २०१७ को अप्रिलबाटै करछुटको सुविधा हटाइसकेको कारोबार दैनिकमा प्रकाशित छ ।