२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिमलाई डोरीले बाँधेर कान समात्दै दिइयो यस्तो यातना !



अ+ अ-

नयाँदिल्ली । भारतको मध्यप्रदेशस्थित सनवलीकेधा गाउँमा १ सय जना भन्दा धेरै स्थानीय बासिन्दाले २५ जनालाई डोरीमा बाँधेर कान समात्दै ‘गौ माताकी जय’ नारा लगाउन लगाएका छन् ।

गाउँलेका अगाडि ती २५ जनाले डोरीमा बाँधिएर कान समात्दै ‘गौ माताकी जय’ नारा लगाएका छन् । यस्तो भिडियो भारतीय मिडिया ‘एएनआई’ले सार्वजनिक गरेको छ । जहाँ गाउँलेले उनीहरुलाई प्रहरी स्टेशनबाट २ किलोमिटर परबाट दण्डस्वरुप पैदलयात्रा समेत गराएका थिए ।

गाईलाई किनबेच गरेको भन्दै उनीहरुलाई यहाँका गाउँलेले सार्वजनिक रुपमै यस्तो यातना दिएका हुन् । यस्तो घटनासँगै प्रहरीले भीडका तीनजनालाई नियन्त्रणमा लिएको छ । भारतीय मिडिया ‘इन्डियन एक्सप्रेस’का अनुसार ती तीनजना बजरंग दलका कार्यकर्ता हुन् ।

उक्त घटना खन्द्वा सहरबाट ६० किलोमिटर परको गाउँमा भएको हो । सामाजिक संजालमा भाइरल नै भएको उक्त भिडियोमा गाउँलेले हातमा लठ्ठी लिएर यातना दिएको पनि देखाइएको छ । २५ जना पीडितमध्ये सातजना महिला छन् । जो मुस्लिम समुदायको रहेको पनि खुलेको छ ।