२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तापक्षीय सांसदले सरकारको विरोध गर्नु कति उचित ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय सांसदले सरकारको विरोध गर्नु संसदीय मर्यादाविपरीत हुन्छ भनेर शनिबार नेकपा संसदीय दलको बैठकमा निर्देशन दिएपछि सत्ताभित्र र बाहिर यसमाथि टीका–टिप्पणी सुरु भएको छ ।

‘लोकतान्त्रिक अभ्यासमा सांसदहरुले स्वविवेक प्रयोग गर्न नपाउने भन्ने कुरै हुन्न’, प्राध्यापक कृष्ण खनाल भन्नुहुन्छ– ‘संसदीय मर्यादामा ह्विप जारी गर्ने अभ्यास त हुन्छ, तर यो संसद्मा मतदानका बेला मात्र लागू हुन्छ, सरकारका हरेक कामको समर्थन मात्र गर्नुपर्छ भन्ने होइन ।’,
नेकपा केन्द्रीय कमिटी सदस्य तथा पूर्वसांसद देवशंकर पौडेलको विश्लेषण भने केही फरक छ । उनी प्रधानमन्त्रीले सत्तापक्षीय सांसदले सरकारको विरोध गर्नु संसदीय मर्यादाविपरीत नै हो, प्रधानमन्त्री ओलीले ठीकै भन्नुभएको हो भन्छन् ।

‘तर, सरकार पारदर्शी र लोकतान्त्रिक भएमा मात्र यो नियम लागू हुन्छ’, पौडेल भन्छन्– ‘गएको वर्षको जेठ ३ गते बसेको नेकपा केन्द्रीय कमिटीको बैठक १३ महिना बित्यो, बसेको छैन, पार्टीका पदाधिकारी र सांसदलाई सरकारको काममा स्वामित्व सिर्जना हुन दिइएकै छैन, यस्तो अवस्थामा सरकारका हरेक निर्णयमा कसरी समर्थन जनाउन सकिन्छ ?’,समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।