२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता डा. कार्कीद्धारा महामन्त्रीमा उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा।राजाराम कार्कीले कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता कार्कीले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै कार्कीले पछिल्लो समयमा राष्ट्रियता अत्यन्तै कमजोर भएको भन्दै आफ्नो महामन्त्रीमा उम्मेदवारी राष्ट्रियताको लागि भएको जिकिर गरे ।

उनले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले लामो लडाई लडेको भएपनि कांग्रेसमा लोकतन्त्रभन्दा पनि गुटतन्त्र हावी हुँदै गएको आवास हुन थालेको गुनासो पोखे । २०२९ सालमा भैरवी हाईस्कुलको सभापति, २०३० सालमा नेविसंघ धादिङ्को जिल्ला सभापति, २०३१ मा सिक्किम काण्डमा महत्वपुर्ण भूमिका निर्वाह गरेका कार्कीले ०३६ साल, ४२ साल, ०४६ सालको आन्दोलनमा हुँदै गएर ५६ सालको जनआन्दोलनको आफुले सकेको सम्पुर्ण महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । 

४८ वर्ष पार्टीमा लामो संघर्ष गरेका कार्कीले आफु जन्मेको स्थानमा आजसम्म चुनावमा लड्न पार्टीले टिकट नदिएको भन्दै दुखेसो पोखे । नेता कार्कीले पार्टीले चुनावको टिकट, ठगहरु, तस्करहरुले दिएको समेत आरोप लगाउँदै भने,‘वास्तविक कांग्रेसीहरु, पार्टीमा लामो समय संघर्ष गरेका असली कार्यकर्ता र नेताहरुलाई नै पाखा लगाउने काम कांग्रेसले गर्दै आएको छ ।’ कार्कीले सत्यवादी कांग्रेसीहरुलाई न्याय दिलाउनको लागि महामन्त्रीमा उम्मेदवारी दिन लागेको बताए । 

कांग्रेस समाजवादी पार्टी भनिरहँदा व्यवस्था परिवर्तन भएपनि नेपाली जनताको कुनैपनि आर्थिक अवस्थामा परिवर्तन नआएको उनले बताए । उनले भने, ‘गाउँ–गाउँमा गरिबी झन्–झन् बढ्दै गइरहेको छ । झण्डै ५० हजार युवाहरु बेरोजगार छन् लाखौं युवाहरु बिदेशमा पलायन भएका छन् । उनीहरुकै रेमिट्यान्टबाट देश चलेको छ ।’ नव–सामन्तवादतीर कांग्रेस पार्टी उन्मुख भएको भन्दै उनले वास्तविक समाजवादको लिगमा कांग्रेसलाई ल्याउने हो भने कठोर संघर्ष गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । 

उनले आफ्नो उम्मेदवारी गरिब र पार्टीप्रति निष्ठावान् साथीहरुलाई न्याय दिलाउनको लागि भएको जिकिर गरे । ‘उहाँहरुको लागि संघर्ष गर्न चाहान्छु पार्टीका लागि लडेका निष्ठावान् नेताहरु सबै पाखा परेको अवस्था छ ।’–उनले भने । ‘मैले कांग्रेसको महामन्त्रीमा जितेमा तमाम गरिब, निमुखा, राष्ट्रवादी मेचीदेखि महाकालीसम्मका साथीहरुको लागि संघर्ष गर्ने प्रतिवद्धता गर्दछु ।’ 

घुसखोरी, तस्कर, भ्रष्ट, धनपतीहरुले आफ्नो पार्टीको सिद्धान्त र आदर्शलाई दुषित पारेको भन्दै उनीहरुको विरुद्धमा आफु उभिने बताए । 
कार्कीले महामन्त्रीमा आफ्नो उम्मेद्धवारी किन रु भनेर कारणपनि खुलाएका छन् । उनले अघि सारेका बुँदाहरु यस्ता छन् :

  1. नेपाली कांग्रेसमा देखिएका तमाम विकृति र विसंगतिको अन्त्य गर्दै न्याय, निष्ठा र निश्पक्षताको राजनीतिक संस्कार सुरु गर्न 
  2.  नेपाली कांग्रेसलाई जनतामाथि शासन गर्ने पार्टी होईन, जनताको सेवा गर्ने पार्टी बनाउन 
  3. नेपाली कांग्रेसलाई आफू शक्तिशाली होईन, देश र जनतालाई शक्तिशाली बनाउने पार्टी बनाउन 
  4. नेपाली कांग्रेसलाई लुटतान्त्रिक होईन लोकतान्त्रिक पार्टी बनाउन (टिकटदेखि मन्त्री लगायतका उच्च राजनीतिक पदहरु अन्यायपूर्ण वितरण गर्ने परम्परा सदाका लागि अन्त्य गर्न)
  5. बाणीमा होईन व्यवहारमै नेपाली कांग्रेसलाई समाजवादको फलामे लिगबाट अगाडि बढाई गरिब निमुखा नोपली जनताको पक्षमा उभिएको एउटा वास्तविक समाजवादी पार्टी बनाउन । 

 




भर्खरै