२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई लोकप्रिय शक्ति बनाउन प्रयत्न गर्छुः नेता कार्की



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई लोकप्रिय शक्ति बनाउन आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।

कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गर्नुभएका नेता कार्कीले रासससँग संक्षिप्त कुरा गर्र्दै आगामी दिनमा पार्टीलाई अझ सशक्त र नेपालको सबैभन्दा लोकप्रिय शक्ति तथा सबैले महसुस गर्ने पार्टी बनाउने अभियानमा जुटेको बताउनुभयो । 

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा चिनिनुभएका नेता कार्कीले अनवरत रुपमा पार्टीको हरेक आरोह र अवरोहमा कतिपय अवस्थामा नेतृत्व बाहिर र कतिपय अवस्थामा अफूले नेतृत्वदायी भूमिकामा रहेको उल्लेख गर्नुभयो । उहाँले आफूले महामन्त्रीको जिम्मेवारीमा आएको खण्डमा पार्टीलाई नयाँ उचाइमा पु¥याउने उद्घोष गर्नुभयो । नेता कार्कीको सभापति शेरबहादुर देउवाको समूहबाट महामन्त्री पदमा उम्मेदवारी पर्ने सम्भावना प्रबल छ ।

उहाँले पार्टीलाई सशक्तरुपमा अघि बढाउन र आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने रणनीतिक अभियान थालेको अवगत गराउँदै पार्टीका नीति र विचारलाई जनतामाझ लैजान प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालिसक्नुभएका उहाँले अहिलेको मूल चुनौती आर्थिक उन्नति हासिल गर्नुरहेको भन्दै देशमा गरिबी र बेरोजगारी उम्मूलन गरेर त्यसै अभियानअन्तर्गत १० वर्षभित्र मुलुकलाई एशियाको सम्पन्न मुलुकको दाजोमा पुर्याउने योजनाका साथ पार्टी नेतृत्व अघि बढ्ने उल्लेख गर्नुभयो । 

उहाँले पार्टीमा लामो समय आफूले गरेको योगदान र अनुभवका कारण देशभरका नेता कार्यकर्ताले स्वभाविक रुपमा आफूलाई महामन्त्रीमा उम्मेदवारी दिन आग्रह गरेको अवगत गराउनुभयो । कांग्रेसवृत्तमा मात्र नभएर आम जनतामा समेत उहाँ निकै शालीन, भद्र र बुद्धिजीवी व्यक्तित्वका रुपमा चिनिनुहुन्छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि राजधानी काठमाडौँमा शुरु हुदैँछ । विभिन्न नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ ।

को हुन् नेता कार्की ?

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते पाँच दलीय गठबन्धनको सरकार गठन हुँदा नेपाली कांग्रेसको तर्फबाट नेता कार्की कानून, न्याय तथा संसदीय मामिलामन्त्री बन्नुभएको थियो । सरकार गठन भएको ८८ दिनमा विस्तार हुने क्रममा उहाँलाई सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी दिइयो । कानूनमन्त्री रहँदा नै उहाँलाई सरकारको प्रवक्तासमेत तोकिएको थियो । 

यसअघि शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारमा उहाँ अर्थमन्त्रीसमेत भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो । त्यसअघि उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा समेत मन्त्रीको भूमिका निर्वाह गरिसक्नुभएको छ । विसं २०७४ को आम निर्वाचनमा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट बामगठबन्धनका उम्मेदवारलाई पराजित गर्दै सांसदमा निर्वाचित हुनुभएको थियो । 

भोजपुरको देउरालीमा जन्मुभएका उहाँ १४ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीतिमा होमिनुभएका साथै उहाँले नेपालको विद्यार्थी आन्दोलनका क्रममा पटकपटक जेल सजायसमेत भोग्नुभएको छ । भोजपुरको विद्योदय माविमा नेपाल विद्यार्थी सङ्घको कोषाध्यक्ष रहनुभएका उहाँ त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा स्ववियुमा नेवि सङ्घको तर्फबाट सचिव बन्नुभएको थियो भने २०३९ सालमा नेपाल विद्यार्थी सङ्को केन्द्रीय अध्यक्षसमेत बन्नुभयो । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्नु हुँदा नेता कार्की उहाँको सहयोगीको रुपमा काम गर्नुभएको थियो ।