२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखरलाई जिल्लाका नेताको सुझाव : ‘तपाईले मात्रै जित्न सक्नुहुन्छ’



अ+ अ-

काठमाडौँ । कांग्रेसको संस्थापनइत्तर पक्षमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि नेताहरूबीच रस्साकस्सी चलिरहेको छ । आकांक्षी नेताहरू आफ्नो पक्षमा माहोल बनाउन दौडधुप गरिरहेका छन् । केही दिन यता नेताहरू रातदिन छलफलमा छन् । तर, सहमति जुट्न सकेको छैन । 

सभापतिका लागि वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच रस्साकस्सी चलेको छ । महामन्त्री शशांक कोइरालाले भने आफू नै सभापतिको उम्मेदवार हुनुपर्छ भन्ने दाबी नरहेको भनिसकेका छन् ।

सभापतिका आकांक्षी नेता शेखर कोइरालाले बिहीबार विहान जिल्ला र प्रदेशका नेताहरूसँग अलग्गै छलफल गरेका छन् । उनले जिल्लाका नेताहरूको सुझाव र सल्लाह लिएका थिए । ‘धेरै साथीहरूले साझा उम्मेदवार बनाऔँ, त्यो साझा उम्मेदवार तपाईं बन्नुभयो भने जित्न सकिन्छ भन्ने धारणा राख्नुभयो, कतिपयले मध्यमार्गी बाटोबाट एकताकै बाटो रोज्नुपर्ने भन्नुभयो,’ एक जिल्लाका सभापतिले भने, ‘समग्रमा सहमति र एकताको विकल्प छैन, हामीले त्यही सुझाव दिएका छौँ ।’

छलफलमा नेता कोइरालाले भने देशभरका साथीहरूको सुझावले झन् उत्साह मिलेको भन्दै सभापतिमा दाबी नछाड्ने बताएका थिए । बिहानमात्रै वरिष्ठ नेता पौडेलको निवासमा पुगेर ुसिंहले माने आफूले छोड्ने, नभए आफूलाई सघाउनु भनेका थिए । 

ती जिल्ला सभापतिका अनुसार शेखरले प्रकाशमानले मान्दै नमानेको अवस्थामा पनि आफू उम्मेदवारीबाट पछि नहट्ने बताएका थिए । ‘मैले सभापतिको दाबी छाडेको छैन, छाड्दिनँ,’ शेखरको भनाइ उदृत गर्दै ती सभापतिले भने, ‘हामीले पनि उहाँलाई सकेसम्म आफ्नो नाममा सहमति जुटाउने प्रयास गर्न आग्रह गर्‍यौँ ।

नेता सिंहले आफूबाहेक अरू कसैका लागि पनि नछोड्ने बताएपछि संस्थापनइतर पक्षमा एकताको प्रयासमा लागेका नेताहरू नै एकताको सम्भावना कमजोर बनेको भन्न थालेका छन् । ‘हाम्रो प्रयास एकतामात्रै होइन, जित निकाल्ने गरीको एकताको प्रयास हो, तर मिलाउन कहाँ सजिलो छ र रु,’ बिहीबार बिहान बत्तीसपुतलीमा छलफलपछि एक केन्द्रीय सदस्यले भने, ‘हाम्रो प्रयास जारी छ, तर सम्भावना भने कमजोर बन्दैछ ।’

ती नेताले आकांक्षी नेताहरूको हठका कारण समस्या उत्पन्न भएको बताए । ‘सबैलाई चाहिएको छ, सबैलाई सभापति नै हुनुपर्नेछ, कोही सामुहिक एकतामा विश्वास गर्न सक्ने अवस्थामा छैनन्,’ ती नेताले भने । 

बुधबार अपरान्ह चार आकांक्षीबीच छुट्टै छलफल भए पनि सहमति जुटेनँ । बरू तनावको अवस्था बनेको थियो । उनीहरूले आफूहरूमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गरेर सुझाव दिन केन्द्रीय सदस्यहरूलाई भनेका थिए । विहीबार बिहान बत्तीसपुतलीमा केन्द्रीय सदस्यहरूमात्रै बसेर छलफल गरेका छन् । 

‘हामीले एउटा धारणा बनाएका छौँ, त्यही आधारमा अब समूहको बैठकमा बसेर छलफल गर्छौँ,’ ती केन्द्रीय सदस्यले भने ।