२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको प्रजातान्त्रिक भविष्यका लागि समेत १४ औं महाधिवेशन महत्वपूर्ण- सभापति देउवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतीमा नेतृत्व चयन गर्ने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने पनि स्पष्ट पार्नु भयो ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली काँग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौंमा विमोचन गर्दै उहाँले नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटूता, मनोमालिन्य र असहिष्णुता प्रर्दशन नगर्न पनि आग्रह गर्नु भयो । प्रधानमन्त्री देउवाले महाधिवेशनलाई सफलताका साथ सम्पन्न गरेर गाउँघरमा फर्की काँग्रेसलाई आगामी आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘महाधिवेशन सुरु भईरहेको छ, हाम्रो पार्टीको । अहिलेको पार्टीको महाधिवेशन अत्यन्तै महत्वपूर्ण छ–नेपाली काँग्रेसको लागि । मलाई लाग्छ–नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि यो अत्यन्तै महत्वपूर्ण महाधिवेशन हो । यो महाधिवेशनमा सबै साथीहरुको उत्साह छ । सबै मानिस उत्साहित भएर आएका छन । मलाई विश्वास छ–यस उत्साहपूर्ण घडीमा यसलाई सफल पारेर फर्किदा खेरी सबै पार्टीका साथीहरुले अत्यन्तै उत्साहका साथ गाउँघरमा फर्केर पार्टीलाई बलियो बनाएर भोलीको आम चुनावमा नेपाली काँग्रेसलाई फष्ट पार्टी सबभन्दा ठूलो पार्टी बनाउने काममा सबै साथीहरु लाग्नुहोला भन्ने अनुरोध गर्न चाहन्छु । मलाई अहिले धेरै समय छैन । मलाई विश्वास छ–यस काममा हाम्रा पार्टीका सबै साथीहरु लाग्नु हुनेछ । हामीहरु भरसक सहमतिका साथ अगाडि जान्छौं । नभएको प्रजातान्त्रिक तरिकाले, केही लागेन भने महाधिवेशनमा प्रतिस्पर्धा पनि होला । तर प्रतिस्पर्धामा जितहार हुन्छ । त्यसमा हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यसलाई सामान्य प्रक्रियाको रुपमा लिने, कुनै पनि किसिमको कटूता, मनोमालिन्य, एकअर्कामा असहिष्णुता नआओस् । यी कुराहरुबाट अगाडि बढनुपर्छ ।’

प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक भविष्यका लागि समेत नेपाली काँग्रेसको १४ औं महाधिवेशन महत्वपूर्ण रहेको दावी समेत गर्नु भयो । कार्यक्रममा काँग्रेस सहमहामन्त्री एवम् लेखक महतले पुस्तक नेपाली काँग्रेसको आर्थिक नीति जान्न चाहनेका लागि उपयोगी हुने बताउनु भएको थियो । 




भर्खरै