२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको अपरिहार्यता अझै छ तर समस्याहरु पनि छन् : प्रम देउवा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकारको अपरिहार्यता अझै रहेको बताउनुभएको छ । नेपाली कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गर्दै प्रधामन्त्री एवं पार्टी सभापति देउवाले वर्तमान अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउने अवस्था नरहेको भन्दै यसको अपरिहार्यता अझै नसकिएको बताउनुभएको हो ।

“हामीले पनि विगतमा एक्लै लड्दा बहुमत ल्याउन सकेनौँ, अहिलेको अवस्थामा कसैले पनि बहुमत ल्याउन सक्दैन”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिले पनि स्थानीय निर्वाचनमा वर्तमान सत्ता साझेदारको गठबन्धनलाई एकसाथ लिएर जानुपर्छ, यो नेपाली कांग्रेसका लागि पनि आवश्यक छ ।”

गठबन्धनमा समस्याहरु हुन्छन् भन्दै उहाँले गठबन्धनमा पारस्परिक विश्वास कायम गरेर अघि बढ्नुपर्ने बताउनुभयो । सत्ता साझेदार दलको सहयोग लिएर नै सरकारले धेरै काम गरेको भन्दै गठबन्धनलाई कसैले नचिढ्याउन आग्रह गर्नुभयो । 

उहाँले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लाई पनि नचिढ्याउन आग्रह गर्दै एमालेलाई कम आँक्न नसकिने बताउनुभयो ।सबै दलहरुको सहयोगले अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको भन्दै प्रधानमन्त्री देउवाले मुलुकको आर्थिक विकासमा अनुदानमा आएको पैसाको सदुपयोग गर्न सके भोलिका दिनमा पनि सहयोग प्राप्त हुँदै जाने बताउनुभयो । मुलुकको विकासले रोजगारी बढ्ने उहाँको भनाइ थियो ।

नेपालसँग छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्ध रहेको चर्चा गर्दै उहाँले राष्ट्रिय आवश्यकताका आधारमा सबै मुलुकसँग सहयोग लिनुपर्ने बताउनुभयो ।