२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई एकताबद्ध बनाउने भूमिका ठूला दलकै होः सचिव भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मुलुकलाई एकताबद्ध बनाउने कार्यमा ठूला राजनीतिक पार्टीकै भूमिका हुने बताउनुभएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि गठित केन्द्रीय प्रचार समितिद्वारा आज आयोजित समीक्षा भेलालाई सम्बोधन गर्दै उहाँले एमाले, नेपाली कांग्रेसजस्ता ठूला पार्टी नै विगतमा पनि मुलुकलाई सङ्कटबाट जोगाउँदै आएको जनाउनुभयो ।

सचिव भट्टराईले एमालेले पार्टीभन्दा बाहिरको वृत्तलाई पनि नेतृत्व गर्ने पार्टी भएकाले यसले अरुका आलोचना र सुझावलाई ग्रहण गर्ने स्पष्ट गर्नुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले महाधिवेशनको सफलताले एमालेलाई नयाँ उचाइमा स्थापित गरेको जिकिर गर्नुभयो भने अर्का केन्द्रीय सदस्य विष्णु रिजालले महाधिवेशनको प्रचारकार्य व्यवस्थित भएको जनाउनुभयो । प्रचार समितिका सचिव गगन विष्टले महाधिवेशनमा प्रचारका क्षेत्रमा भएका काम र समीक्षासहित प्रतिवेदन तयार गरिएको जानकारी दिनुभयो । 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले स्रोतसाधनको उपलब्धता बढाएर आगामी दिन प्रचार क्षेत्रको काम थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो । यही मङ्सिर १० देखि १४ गतेसम्म एमालेको महाधिवेशन चितवनमा भएको थियो । (रासस)