२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस आसन्न १४औँ महाधिवेसनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी हुनुभएको छ । 

पार्टीको संस्थापन पक्षका बलायर ४०८ मतान्तरले विजयी हुनुभएको हो । उहाँले कूल एक हजार तीनमध्ये ६८८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गर्नुभयो । अन्य सबै पदाधिकारीमा पनि बलायर प्यानल नै विजयी भएको छ । 

उपसभापतिमा जनकराज चौधरी ६१० मत र लोकराज अवस्थी ५२३ मतसहित विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा नरनारायण शाह ‘मनु’ ६४८ मत र मेघराज खड्का ६३५ मतसहित विजयी हुनुभयो । यस्तै सहमहामन्त्रीमा गोपालदत्त भट्ट ५२९ मत, चिन्तामणि भट्ट ५३३ मत र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित हुनुभयो । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितीले जनाएको छ । (रासस)