२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनिर्वाचित उपाध्यक्ष ज्ञवालीको दाबीः ‘एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो, वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक’



अ+ अ-

काठमाडौं। नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गरेका छन् । उनले १०औं राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भएको पनि बताए । उनले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने दाबी गरे ।

उनले भने,‘नेपालको ईतिहासमा यति धेरै जनसहभागिता कुनैपनि पार्टीको कार्यक्रममा भएको थिएन । मैले सबै दलका महाधिवेशन, अधिवेशन, आमसभा हेरेको छु, यसपटकको हाम्रो महाधिवेशनमा पाँच लाख जनता उतार्ने योजना थियो । तर, त्योभन्दा पनि धेरै जनसमूदायको उपस्थितिमा हाम्रो उद्घान सम्पन्न भयो । एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो अवस्थामा छ । जनहसहभागिताको हिसाबले १०औं महाधिवेशन ऐतिहासिक भयो । ईतिहासमै कुनै एउटा पार्टीले यत्रो जनसमूदायको उपस्थितिमा कार्यक्रम गरेको थिएन । अहिले पनि एमाले संसद्मा सबैभन्दा ठूलो पार्टी छ । आउने दिनमा पनि यो पार्टीले बुहमत ल्याउने कुरा स्थापित भैसकेको छ । यो कुरा चितवनको जनसभाले पुष्टि भयो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उपाध्यक्ष ज्ञवालीले फेरि पनि वामपन्थीहरुबीच एकताको आवश्यकत्ता रहेको औंल्याए । उनले भने,‘एमालेसामू चूनौति छन्, एउटा पार्टी फुटेर तीन टुक्रा भयो । एमाले पनि फुटेको छ । हामीले सरकार ५ वर्ष चलाउन सकेनौं । अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । हामीले कमिकमजोरी कहाँ रह्यो भनेर समिक्षा गर्नुपर्छ । हामीले विचार, प्रवृत्ति, सोच, दृष्टिकोणलाई समिक्षा गर्न जरुरी छ । पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । मैले आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्छु । फेरि पनि वामपन्थीबीच एकता आवश्यक छ। हामीले नेकपाको एकता बचाउन सकेनौं । अब एकले अर्कालाई आरोपित गरेर मात्रै हुँदैन् । अब एउटा नेतालाई मात्रै दोष दिएर हुँदैन् । एकता बचाउन नसक्नुमा सबैको दोष छ । जनमत किन टिकाउन सकेनौं रु भनेर आत्मसमिक्षा गर्नुपर्छ । विगतका कुरामा आरोपित गर्नुहुँदैन् । फेरि पनि वामपन्थीहरु र कम्युनिष्टहरुको बीचको एकता आवश्यकत्ता छ । सबै पार्टीका नेता तथा कार्यकर्ताहरुले सकारात्मक रुपले सोच्नुपर्छ ।’ 

उनले एमाले अब सशक्त भएर अघि बढ्ने पनि दाबी गरे । उनले भने,‘हामी कमिकमजोरी  सच्याएर र फराकिलो छाती लिएर अघि बढ्नेछौं । समृद्ध नेपाल, सुखी नेपाली बनाउनेछौं । यो नारा सफल बनाउनेछौं ।’ ज्ञवालीले महाधिवेशन भव्य र सफल रुपमा सम्पन्न भएको दाबी गरे । यद्धपी महाधिवेशनमा केही कमिकमजोरी भने रहेको उनले स्विकारे । उनले भने,‘बन्दसत्रमा कमिकमजोरी भयो । यत्रो ठूलो कार्यक्रम आयोजना गर्दा अलि अलि त्रुटि, कमजोरी हुन्छन् । शतप्रतिशत राम्रो हुने भन्ने कुरा दुनियाँमा कहीँ पनि हुँदैन् ।’ 

उनले आफूले पार्टीको चौथोदेखि १०औं महाधिवेशनसम्म सक्रियताका साथ भाग लिएको पनि स्मरण गराए । उनले भने,‘चौथोदेखि अहिले चितवनमा सम्पन्न भएको १०औं महाधिवेशनसम्म म आँफै सहभागी छु । यी सबै महाधिवेशनमा म निर्वाचित भएको छु । म सक्रिय छु । ती सबै महाधिवेशन कुनै सहमति र कुनै प्रतिष्पर्धामा गरेका छौं । अहिलेको महाधिवेशनको नयाँ विशेषता भनेको धेरै संख्या सहमतिमा छनौट भएको छ । केही प्रतिष्पर्धाको माध्यमबाट छनौट भए । दुवै तरिकाबाट हामीले नेतृत्व छनौट गरेका छौं । यो महाधिवेशनमा उन्नत किसिमको अभ्यास गर्यौं । हार्दिकताासाथ महाधिवेशन सम्पन्न भयो ।

असाध्यै शान्तिपूर्ण वातावरणमा व्यवस्थित् ढंगले सम्पन्न भएको छ। यसर्थ प्रतिष्पर्धा र सहमतिको आधारमा नेतृत्व छनौट भएकोले यो महाधिवेशनको नयाँ विशेषता हो । नयाँ अभ्यास हो । लोकतान्त्रिक अभ्यासको कारणले पनि यो महत्वपूर्ण रह्यो। प्रतिनिधिहरु खुशीसाथ फर्किनुभएको छ । कतिपयमा असन्तुष्टि होला । आउनैपर्ने साथीहरु छुट्नुभएको छ ।’
उनले नेपालको राजनीतमिा एमालेले मूख्य भूमिका निर्वाह गर्नुपर्ने भएकोले आफूहरु सोहीअनुसार तयारीका साथ अघि बढेको पनि सुनाए । उनले भने,‘अहिले पनि जनमत एमालेको पक्षमा रहेको छ ।

एमालेसँग दुई तिहाईको बहुमतको सरकार सञ्चालन गरेको अनुभव छ । विगतको सकारात्मक र नकारात्मक अनुभवबाट शिक्षा लिएर एमालेले सिंगै मुलुकलाई हाँक्नेगरि आफ्नो योजना, नीति र कार्यक्रम प्रस्तुत गरिसकेको छ । अब पार्टीलाई अझै सशक्त, एकतावद्ध र सुदृढ रुपमा अघि बढाउनुपर्छ । पार्टीलाई नयाँ उर्चामा अघि बढाउनुपर्छ । हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र छ, यो ऐतिहासिक उपलब्धिलाई जोगाउने, बचाउने र लोकतन्त्रलाई अझै सुदृढ बनाउनुपर्छ । एमालेले सबै लोकतान्त्रिक पार्टीसँग मित्रतापूर्वक सम्बन्ध राखेको छ । फरक विचारप्रति सहिष्णु हुनुपर्छ । यो एक नम्बर पार्टी बन्नुुपर्छ । कसैलाई गालीगलौज गर्नुहुँदैन् । अन्तरविरोध चर्काउने होईन, सबैलाई मिलाएर लैजानुपर्छ । यो महाधिवेशनमा कतिपय छुटेकालाई १० प्रतिशत मनोनिततर्फ ल्याउँछौं । आउनैपर्ने साथीहरु आउनुहुन्छ। नेतृत्वले गम्भीर रुपमा ध्यान पुर्याउनेछ ।’