२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश र जनताको सेवा भावले राजनीति गर्नुपर्नेमा अध्यक्ष बिजुक्छेंको जोड



अ+ अ-

भादगाउँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले देश र जनताको सेवा भावले राजनीति गर्नुपर्नेमा जोड दिनुभएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इञ्जिनीयरिङ कलेजको २०औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको १३औँ वार्षिक उत्सव समारोहलाई  बुधबार सम्बोधन गर्दै उहाँले  स्वार्थ विनाको राजनीतिले मात्र जनताको जीवनस्तर माथि उठ्छ भन्नुभयो । 

अध्यक्ष बिजुक्छेंले विद्यार्थीले ज्ञान र चिन्तनलाई निरन्तरता दिँदै देश र जनताको सेवा गर्ने भावनाले राजनीति गर्न सुझाव दिनुभयो ।  नेमकिपाका सचिव प्रेम सुवालले समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यका साथ २३ वर्ष अगाडि ख्वप उच्च मावि, २० वर्ष अगाडि ख्वप इञ्जिनीयरिङ कलेज र १६ वर्ष अगाडि ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा सिटिइभिटीअन्तर्गत नर्सिङ र सबइञ्जिनीयरिङ विषय अध्यापनको स्वीकृति लिइ हाल ख्वप सर्कलका सात वटा कलेज सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने र २१औँ शताब्दीका लागि योग्य नागरिक तयार गर्ने उद्देश्यले दुई वटा इञ्जिनीयरिङ कलेजसहित सात शैक्षिक संस्था सञ्चालन गरिरहेको बताउनुभयो ।  ती शैक्षिक संस्थामा छ हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको जनाइएको छ । 

वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ख्वप कलेजको शैक्षिक उन्नयनका लागि सहयोग गर्ने जानकारी दिनुभयो ।  भक्तपुर नगर उपप्रमुख रजनी जोशीले सर्वसाधारणको शिक्षाको पहुँच अभिवृद्धिका लागि नगरपालिकाले गरिरहेको प्रयास र शिक्षाको आवश्यकताका विषयमा चर्चा गर्नुभयो । पूर्वाञ्चल विश्वविद्यालयका डिन प्रा डा देवीप्रसाद भट्टराईले पूर्वाञ्चल विश्वविद्यालयले गरिरहेको गतिविधिका बारेमा चर्चा गर्दै ख्वप इञ्जिनीयरिङ कलेज पहिलो समुदायमा आधारित कलेजको भएको उल्लेख गर्नुभयो । 

नेपाल इञ्जिनीयरिङ काउन्सिलका रजिष्ट्रार शिवमङ्गल गिरीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित दुईवटै इञ्जिनीयरिङ कलेजको नतिजा सराहनीय रहेको उल्लेख गर्दै इञ्जिनीयरिङ काउन्सिलकोतर्पmबाट पेशागत र गुणस्तर सुधारका लागि आवश्यक सहयोगका लागि प्रतिबद्धता रहेको बताउनुभयो  । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ख्वपका विद्यार्थी सबै क्षेत्रमा प्रतिस्पर्धी बनिरहेको उल्लेख गर्नुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सय वर्षपछिको भक्तपुरको अवधारणालाई मूर्त रुप दिन शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई उच्च प्राथमिकता दिइ भक्तपुर नगरपालिका अगाडि बढिरहेको चर्चा गर्नुभयो ।  कार्यक्रममा ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य ई सुजन माक र ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य ई सुनिल दुवालले कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सम्पदा संरक्षणमा योगदान गर्ने डकर्मी रामचन्द्र अवाल, सिकर्मी लक्ष्मीभक्त राजचल र लोहकर्मी काजीराम रञ्जितकारलाई तथा ख्वप माविमा १० वर्ष निरन्तर सेवा गरेका २२  शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । 

त्यसैगरी कलेजमा आयोजित बास्केटबल प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिएको थियो भने आर्किटेक्चर, इलेक्ट्रिकल इञ्जिनीयरिङ, कम्प्युटर र सिभिल इञ्जिनीयरिङमा स्नातक तथा अर्बन डिजाइन एण्ड कन्जर्भेसन र अर्थक्वेक इञ्जिनीयरिङमा स्नातकोत्तर तह उत्तीर्ण गर्ने विद्यार्थीलाई सम्झनाको चिनो प्रदान गरिएको थियो ।