२७ जेष्ठ २०८३, बुधबार
,
Latest
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ मल खाली गर्न सञ्चय कोषको २१ दिने अल्टिमेटम, व्यवसायीहरु विरोधमा



अ+ अ-

काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्नो स्वामित्वमा रहेको काठमाडौँ मल रहेको भवन खाली गर्न व्यवसायीलाई २१ दिने अल्टिमेटम दिएको छ । कोषले आज (आइतबार) व्यवसायीहरुको लागि एक सूचना जारी गर्दै तत्काल उक्त मलबाट पसलहरु हटाउन आग्रह गरेको हो ।

कोषले गुण्डा नाइके राजु गोरखाली समूहसँग ठेक्का सम्झौता तोडेपछि झण्डै ३ सय पसल रहेको उक्त भवनलाई ‘कर्पोरेट हाउस’ बनाउन पसलहरु हटाउन लागिएको जनाएको छ ।

कोषले जारी गरेको सूनाको आधारमा २१ दिनको अवधिमा पसल सञ्चालकहरुले मल खाली नगरे बल प्रयोग गर्ने चेतावनी दिएपछि गैर कानूनी ढंगले पसल हटाउन लागेको भन्दै व्यवसायी विरोधमा छन् ।

निजी लगानीमा खेलेको पसलमाथि जथाभावी गर्न नपाइने भन्दै कोषले धडपकड गरेमा आन्दोलमा उत्रिने चतावनी व्यापारीहरुले दिएका छन् ।

यसअघि माघ १३ गते एक महिने सूचना जारी भएकोमा व्यवसायीले नमानेपछि कोषले २१ दिने अल्टिमेटम दिएको हो ।