२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुपोषण हटाउन शैक्षिक विकास : मुख्यमन्त्री पौडेल



अ+ अ-

हेटौँडा । मुख्यमन्त्री डोरमणि पौडेलले राज्यको शैक्षिक क्षेत्रको सुधार गर्न सके सबै क्षेत्रको विकास हुने बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोग एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा बहुक्षेत्रीय पोषण योजनासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पौडेलले कुपोषण हटाउन वा सही पोषण प्रदान गर्न शिक्षाको विकास गर्नु अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री युवराज दुलालले पोषणलाई मात्र केन्द्रित गरेर पोषण कार्यक्रम प्रभावकारी नहुने बताउँदै शिक्षित समाजलाई पोषणको ज्ञानहुने र उनीहरुले बाल बच्चाहरुलाई पोषण युक्त खाना खुवाउने हुँदा समाजलाई त्यसतर्फ लक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।