२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्री पौडेलद्वारा काठमाडौंको जमलस्थित दरबार हाई स्कुलको अनुगमन



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गर्नु भएको छ । मन्त्री पौडेलले बुधबार काठमाडौंको जमलस्थित दरबार हाई स्कुलको अनुगमन गर्नु भएको हो । अनुगमनको क्रममा उहाँले कक्षा कोठामा भईरहेको शिक्षण सिकाईका बारेमा शिक्षक र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नु भयो । मन्त्री पौडेलले सार्वजनिक शिक्षाको सुधारका लागि आफूले ती विद्यालयहरुको अनुगमनको काम सुरु गरेको जानकारी दिनु भयो ।

उहाँले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यका लागि पनि विशेष ध्यान दिएको बताउनु भयो । मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण सिकाई प्रक्रियामा सुधार ल्याउन कडा मिहिनेत गर्न पनि शिक्षकहरुलाई आग्रह गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘सार्वजनिक शिक्षालाई अलि तीव्र गतिमा सुधार गर्ने, शिक्षण सिकाई र शिक्षण सिकाईसँग सम्बन्धित आवश्यक्ता अनुसार परिमार्जन गरेर अघि बढने गरी हामी हामी अगाडि बढछौं । र हामीले शिक्षण प्रक्रियासँग सम्बन्धित कतिपय कमीकमजोरलाई सच्याएर त्यसको तुरुन्त अनुगमन गर्ने, शिक्षण सिकाईसँग सम्बन्धित प्रविधिहरु छ कि छैन ? सिकाईको प्रक्रिया के छ ? शिक्षक, अभिभावक र विद्यार्थीबीचको तादम्यता मिल्दोजुल्दो छ कि छैन ? यी कुराहरुलाई दृढतापूर्वक अघि बढाउन हामीले ध्यान दिएका छौं ।’

त्यस अवसरमा संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले शिक्षक दरबन्दी कम भएको जानकारी गराउँदै त्यसको व्यवस्था मिलाउन मन्त्री पौडेलको ध्यानाकर्षण गराउनु भएको थियो । यता मन्त्री पौडेलले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।