२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालनमा



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीनवटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको हो । बुधबार सो सटल बसको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गर्नुभएको छ ।

त्यस अवसरमा बोल्दै मन्त्री आलेले विमानस्थल प्रहरीलाई बारम्बार निर्देशन दिएर यात्रुलाई मिटरमा मात्रै लैजाने व्यवस्था गरी ट्याक्सीको ठगी नियन्त्रण गर्न भनिएको बताउनुभयो । मन्त्री आलेले पटक पटक आफैले निर्देशन दिँदा समेत यात्रु लुट्ने क्रम जारी नै रहेपछि सटल बसको व्यवस्था गर्र्नु परेको स्पष्ट पार्नु भयो । विमानस्थलबाट चढ्ने ट्याक्सी हवाई भाडा भन्दापनि महँगो भएको धेरै यात्रुको गुनासो आएकाले बस सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

बस सेवा छोटो समयको लागि नभइै दीर्घकालिन रुपमा नै सञ्चालन गरिरहने मन्त्री आलेले बताउनुभयो ।  पर्यटनमन्त्री आलेले भन्नुभयो, ‘सटल बस सञ्चालनमा ल्याइनुअघि तीनपटक भन्दा बढी विमानस्थल प्रहरीलाई ट्याक्सीबाट हुने ठगी नियन्त्रण गरी मिटरबाट मात्रै यात्रु बोक्ने व्यवस्था गर्न निर्देशन दिएको थिए । तर पनि ठगी रोकिएन । ठगी नरोकिएपछि सरकारले नै यात्रुको सुविधाको लागि सटल बस सञ्चालनमा ल्याएको छ । यसरी ठगी बढ्दै जाँदा काठमाडौंमा पढ्ने विद्यार्थीहरु घर बिदाबाट फर्किंदा रासनपानी बोकेर आएका छन् । जहाजको भाडाभन्दा महँगो ट्याक्सीले असुल्छन् । म आफै पनि विगतमा कोटेश्वरसम्म जाँदा डेढ÷दुई हजार तिर्न बाध्य भएको थिए । यही लुट अन्त्य गर्न सटल बसको थालनी गर्नुपरेको हो ।’

पर्यटनमन्त्री आलेले वैदेशिक रोजगारीमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्न यात्रुलाई आग्रह गर्नुभयो । मन्त्री आलेले विमानस्थलको क्यान्टिन तथा कफी पसलमा रहेको मँहगी १५ प्रतिशत सस्तो भएको तर ट्याक्सीहरुले भने अटेर गरेको बताउनुभयो ।

त्यस्तै, आजबाट नै वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घरको पनि पर्यटन मन्त्री आलेले उद्घाटन गर्नुभएको छ । विश्राम घरको उद्घाटन गर्दै मन्त्री आलेले गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारलाई विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताउनुभयो । नेपाली श्रमिक विदेशी मुलुकको ५० डिग्रीमा श्रम गरेर रेमिट्यान्स पठाउने तर,उनीहरुको लागि राज्यबाट विदेश जानको लागि समेत कुनै सुविधा प्रदान नगरेको बताउनुभयो।  मन्त्री आलेले भन्नुभयो, ‘विश्राम घर वैदेशिक रोजगारीमा जाने यात्रु विदेश जानुअघि टर्मिनल बाहिर उभिनुपर्ने बाध्यता हटाउन बनाइएको हो । नेपाली श्रमिक दाजुभाई दिदिबहिनीहरुले विदेशी मुलुकको ४० देखि ५० डिग्रीमा काम गरेर राज्यलाई रेमिट्यान्स पठाउनुहुन्छ। तर, राज्यले कुनै सोव सुविधा दिन नसेको छैन । त्यसैले कम्तिमा विदेशबाट आउँदा र जाँदा सुविधाले विश्राम गरेर जान पाउने व्यवस्थाको लागि यो काम गरिएको हो। तत्कालको लागि २५ जना क्षमता भएको विश्राम घरलाई चाँडै ३ सय व्यक्ति अटाउने क्षमताको बनाउने योजना छ ।’

अब विमानस्थलमा आन्तरिक हवाई यात्रा गर्ने यात्रुले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सटल बसमा सित्तैमा यात्रा गर्न पाउने छन् । सटल बसले आन्तरिक टर्मिनलदेखि रिङरोडसम्म जोडिएको विमानस्थलको गोल्डन गेटसम्म यात्रुलाई सेवा दिनेछन् ।