२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनीको चोरी पैठारी नियन्त्रण गर्न माग



अ+ अ-

काठमाडौँ । नेपाल चिनी उद्योग सङ्घले अवैधरुपमा विदेशबाट भइरहेको चिनीको चोरी पैठारी नियन्त्रण गर्न माग गरेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष शशीकान्त अग्रवालले चोरी पैठारीले गर्दा स्वदेशमा उत्पादित चिनीले स्वस्थ्य प्रतिस्पर्धा गर्न नसक्ने हुँदा त्यसको आयातमा समेत कडाइ गर्न आग्रह गर्नुभयो ।

चिनी उद्योगले वस्तु बिक्रीपछि कृषकको भुक्तानीलाई निरन्तरता दिइरहेको जानकारी दिँदै उहाँले हाल कायम रहेको चिनीको परिमाणात्मक आयातलाई सरकारले यथावत राख्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव राजेशकुमार केडियाले सरकारले कृषकलाई दिने अनुदान रकम रु दुई अर्ब ५० करोडमध्ये रु ८० करोड उपलब्ध गराउन बाँकी रहेको बताउनुभयो ।

स्वदेशमा दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेको भए पनि एक लाख ७८ हजार मेट्रिक टन उत्पादन भएको तथा नपुग परिमाण अन्य मुलुकबाट आयात हुने गरेको जनाइएको छ ।