२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दी भाषा युएइको तेस्रो औपचारिक भाषा



अ+ अ-

अबुदाबी । संयुक्त अरब इमिरेट्स ९युएई० को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ ।

अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय आइतबार भएको अधिकारीहरुले बताएका छन् ।

भारतका विदेश मन्त्री सुष्मा स्वराजले युएइको अदालतमा दिएको निवेदनका आधारमा अदालतले हिन्दी भाषालाई पनि कामकाजको भाषाको मान्यता दिएको जानकारी दिनुभयो ।

सामाजिक सञ्जाल ट्वीटरमा युएइको अदालतको प्रशंसा गर्दै उहाँले हिन्दी भाषालाई पनि युएइमा औपचारिक भाषाको मान्यता दिएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

यो निर्णयले न्याय सेवा प्रवाह थप प्रभावकारी हुने र आम नागरिक लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नु भएको छ ।
युएइमा आप्रवासीहरु मध्ये सवै भन्दा धेरै भारतीय रहेका छन् । उनीहरु अधिकांश हिन्दी भाषी हुने गरेका छन् । त्यसैले पनि हिन्दी भाषालाई औपचारिक भाषाको रुपमा मान्यता दिनु पर्ने देखिएको हो ।

एक तथ्यांकका अनुसार दुबईमा तीन लाख भन्दा बढी भारतीयहरु रहेका छन् । उनीहरु प्राय भारतको उत्तरी र मध्य क्षेत्रबाट आउने गरेको गल्फ न्युजले लेखेको छ ।