२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी युवराज पाकिस्तान आउने



अ+ अ-

इस्लामावाद । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यही महिना पाकिस्तानको भ्रमण गर्नुहुने भएको छ ।

दुई दिने भ्रमणका लागि उहाँ यही फेब्रुअरी १६ तारिखका दिन शनिबार पाकिस्तानको राजधानी शहर इस्लामावाद आउने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानका लागि साउदी अरबका राजदूत नवाफ बिन सइद अल मालिकीले सोमबार युवराज सलमानको भ्रमणको पुष्टि गर्नुभएको हो ।

भ्रमणको सुरक्षा व्यवस्थाका लागि सुरक्षा टोलीको एक समूह सोमबार नै इस्लामावाद आइसकेका उहाँले बताउनु भयो ।

त्यसैगरी स्वास्थ्यकर्मी र संचारकर्मीहरुको टोली पनि सोमबार नै इस्लामावाद आईसकेको उहाँलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

भ्रमणका क्रममा उहाँले आर्थिक सहायतसँगै व्यापार र दुई पक्षीय सम्वन्धका बारेमा पनि सम्झौता र छलफहरु गर्नुहुने जनाइएको छ । अहिलेको व्यापार सम्झौता पाकिस्तानको इतिहासमै सवै भन्दा ठूलो हुने बताइएको छ ।

त्यसैगरी यमन, अफगानिस्तानको संकट र त्यहाँ भइरहेको शान्ति वार्ताका प्रयासहरुका बारेमा पनि युवराज सलमान र पाकिस्तानी उच्च अधिकारीहरुले छलफल गर्नुहुने अधिकारीहरुले बताएका छन् ।

गत बर्षको अक्टोबरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको साउदी अरब भ्रमणका क्रममा साउदी अरबको तर्फबाट व्यापार तथा सहयोग सम्वन्धि प्रतिबद्धता व्यक्त भएको थियो ।