२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाका अधिकारकर्मीको एक समूह उत्तर कोरिया भ्रमणमा



अ+ अ-

सोल । दक्षिण कोरियाका नागरिक अधिकारकर्मीको एक समूहले मङ्गलबार उत्तर कोरियाको भ्रमण शुरु गरेका छन् ।

नयाँ वर्षको अवसरमा दुवै देशका तर्फबाट संयुक्त कार्यक्रम प्रस्तुत गर्न तथा दुई देशबीचको अन्य विषयगत रुपमा आवश्यक परामर्शका लागि सो समूहले उत्तर कोरियाको भ्रमणमा गएका हुन् ।

मङ्गलबार उत्तर कोरियाको भ्रमणका लागि पुगेका सो समूहमा २५० जना सहभागी रहेका बताइएको छ । सो समूहमा श्रम सम्बन्धी संगठनका प्रतिनिधिहरु, प्रमुख धार्मिक संघ संस्थाका प्रतिनिधि, महिला तथा किसान आदि रहेका थिए ।

साथै यस समूहमा दक्षिण कोरियाका केही सांसद, पत्रकार र सहयोगी सदस्यहरु रहेका थिए । यो समूहलाई नै यो वर्ष अर्थात् सन् २०१९ मा दुई कोरियाका तर्फबाट गरिएको पहिलो संयुक्त समूहका रुपमा लिइएको छ ।

यस वर्ष पनि यी दुवै देशका तर्फबाट उत्तर कोरियाका संयुक्त कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ । सोही प्रयोजनका लागि विभिन्न क्षेत्र र व्यावसायका नागरिकले उत्तरको भ्रमण गरेका हुन् ।

सो भ्रमणका क्रममा उनीहरुले मङ्गलबार उक्त संयुक्त कार्यक्रमका बारेमा आवश्यक छलफल एवम् परामर्श गरेका थिए । परामर्शका क्रममा उनीहरुले सो संयुक्त कार्यक्रम के कसरी तयारी र प्रस्तुत गर्ने भन्ने बारेमा छलफल गरेका थिए ।

उक्त समूहका सदस्यहरुले आ–आफ्नो क्षेत्रका उत्तर कोरियाली विभिन्न व्यक्ति तथा पदाधिकारीहरुसँग पनि भेटवार्ता गरेका थिए । उनीहरुले त्यहाँका नेताहरुसँग पनि शिष्टाचार भेट गरेका थिए ।

उनीहरु दुवै देशको संयुक्त सदस्यहरुसँग विभिन्न क्षेत्रको दृश्यावलोकनका साथै अन्य कार्यक्रमहरु पनि गरेका थिए ।