२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारको अभियोगमा पूर्व एमालेबाट बिजयी वडाध्यक्ष प्रहरीको खोरमा



अ+ अ-

दमौली । बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् ।

गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो । कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा जबर्जस्ती करणी गरेको ती युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिनुभयो । नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको उहाँले बताउनुभयो ।
तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष कुमाल पूर्व एमालेवाट बिजयी बडा अध्यक्ष हुन् ।