२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीको पोष्टमा सिटीको ६ गोल, अग्युइरोको सानदार ह्याट्रिक



अ+ अ-

काठमाडौं । म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीमाथि शानदार जित हात पारेको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । सिटीको जितमा सर्जियो अग्युइरोले ह्याट्रिक गरे । त्यस्तै, रहिम स्ट्रलिङले दुई र इल्क्ये गुन्डुगनले समान एक एक गोल गर्न सफल भए ।

चौंथो मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । अग्युइरोले १३ औं मिनेटमा गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाए । अग्युइरोले १९ औं मिनेटमा अर्को गोल गर्दे सिटीलाई ३-० गोलको अग्रता दिलाए ।

एकपछि अर्को गोल गर्दै फराकिलो अन्तरको अग्रता बनाएको सिटीले खेलको २५ औं मिनेटमा चौथो गोल गर्दै ४-० गोलले अघि रहेको थियो ।

पहिलो हाफमा ४-० गोलअन्तरले पछि परेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल खान सफल भयो । ५६ औं मिनेटमा अग्युरोले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

योसँगै सिटी ५-० गोलअन्तरले अघि रहेको थियो । स्ट्रलिङले ८० औं मिनेटमा अर्को गोल गर्दै सिटीलाई चेल्सीविरुद्ध ६-० गोलको जित दिलाए ।

जितपछि लिगको शीर्ष स्थान उक्लिदै सिटीले २७ खेलबाट ६५ अंक बनाएको छ । पराजित चेल्सीको २६ खेलबाट ५० अंक रहेको छ ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटनहृयामले लेष्टर सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । टोटनहृयामको जितमा डेभिनसन सान्चेज, क्रिस्टियन एरिक्सन र सन हृयुङ मिनले समान एक एक गोल गरे । त्यस्तै, लेष्टरको लागि जेमी भार्डीले गोल गरे ।

३३ औं मिनेटमा सान्चेजले गोल गर्दै टोटनहृयामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले अघि रहेको टोटनहृयामले दोस्रो हाफमा थप दुई गोल गर्दा लेष्टरले एक गोल फर्काएको थियो ।

६३ औं मिनेटमा एरिक्सनले गोल गर्दै टोटनहृयामलाई दोब्बर अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा लेष्टरका भार्डीले गोल गरेपछि खेल २–१ को स्थितिमा पुगेको थियो । खेलको अतिरिक्त समयमा टोटनहृयामले अर्को गोल थप्न सफल भयो ।

जितसँगै लिगको तेस्रो स्थानमा रहेको टोटनहृयामको २६ खेलबाट ६० अंक भएको छ । पराजित लेष्टरकोे समान खेलबाट ३२ अंक रहेको छ ।