२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत लैजान लागिएको ३६० केजी चरेस गजुरीमा नियन्त्रण, तीन भारतीय पक्राउ



अ+ अ-

धादिङ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आइतबार बिहान पक्राउ गरेको छ ।

काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एस आर ५५ एम ९४८४ नं को भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।

भारतीय ट्रकलाई लागुऔषध नियन्त्रण ब्यूरोले चेकजाँच गरेको थियो । ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बम बनाइ ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागुऔषध चरेस बरामद गरएको हो ।

प्रहरीले चरेस कारोबारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश निवासी गाडी चालक ६४ वर्षीय ओम प्रकाश र साहु भारत मोतिहारी जिल्ला तुमरीय टोल रक्सोलका ३४ वर्षीय गुलाफ खान रहेका छन् । प्रहरीले ट्रक सहचालक समेत पक्राउ गरेको भए पनि नाम खुलाएको छैन ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा लिएको छ । सवारी साधन र लागुऔषध बरामद गरिएकाले लागुऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । जिल्लामा प्रतिबन्धित लागुऔषध चरेस यति ठूलो मात्रामा बरामद गरिएको पहिलो पटक हो ।