२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभानीको गोलमा पीएसजी विजयी



अ+ अ-

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले बोर्डेक्सलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा पीएसजीको कठिन जितमा एडिन्सन काभानीले गोल गरे । काभानीले ४२औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । यद्यपी काभानी दोस्रो हाफमा तिघ्राको चोट बोल्दै मैदानबाट बाहिरिए ।

पीएसजीले काभानीको स्थानमा आराम दिईएका केलियन एमबाप्पेलाई उतारेको थियो । शनिबारनै अर्का खेलाडी थोमस मुनिएर पनि टाउकोमा चोट लागेर बाहिरिएका थिए ।

यसअघिको खेलमा चोटकै कारण नेमारलाई गुमाएको पीएसजीलाई आगामी खेल थप कठिन हुने देखिएको छ । पीएसजीले च्याम्पियन्स लिगमा मंगलबार म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।

बोर्डेक्ससँगको जितसँगै पीएसजीले २२ खेलबाट ५९ अंक बनाएको छ । २८ अंक बनाएको बोर्डेक्स १३औं स्थानमा छ ।