२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दबंग-३ मा करिनाको ठुम्का



अ+ अ-

मुम्बई । बलिउड अभिनेत्री करिना कपुरको फिल्म दबंग-२ मा समवेश डान्स नम्बर ‘फेविकोल से’ निकै चर्चित भयो । करिना दबंग-३ मा पनि यस्तै डान्स नम्बरमा देखिने भएकी छन् ।

करिना अहिले उनको आफ्नै नयाँ प्रोजेक्टका कारण चर्चामा छिन् । उनी छिट्टै धर्मा प्रोडक्सनको नयाँ फिल्म ‘गुड न्युज’मा देखिँदै छिन् । यो फिल्ममा करिना र अक्षय कुमारका साथमा दिलजित दोसाँझ र कियारा आडवाणी पनि महत्वपूर्ण भूमिकामा देखिने छन् ।

हालै करिना निर्देशक रोहित सेट्टीलाई भेट्न पुगेकी थिइन् । त्यसैले करिना सेट्टीको फिल्म सूर्यवंशी वा गोलमाल-५ मा पनि देखिने अनुमान लगाइएको छ । करिना सेट्टीसँग भेटेपछि अरबाज खानलाई पनि भेट्न पुगेकी थिइन् । अरबाज दबंग सिरिजका निर्माता हुन् । उनी छिट्टै दबंग-३ को सुटिङ सुरु गर्दै छन् ।

यो फिल्मको निर्देशन डान्स आइकन प्रभुदेवाले गर्दैछन् । दबंग-३ को डान्स नम्बरको कोरियोग्राफी पनि प्रभुदेवाले नै गर्दैछन् । दबंग-३ मा अश्वनी माञ्जरेकर, सोनाक्षी सिन्हा र सलमान खानले खेल्ने पहिले नै तय भइसकेको छ । फिल्मको सुटिङ मार्चमा सुरु हुँदै छ । सेट बनाउने काम सकिँदै छ ।

दबंग सिरिजका दुवै फिल्ममा सलमान मुख्य भूमिकामा थिए । यो सिरिजको पहिलो फिल्ममा मलाइका अरोरा ‘मुन्नी बदनाम हुई’ गीतमा देखिएकी थिइन् भने दोस्रोमा करिना ‘फेविकोल से’ गीतमा थिइन् । एजेन्सी