२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरपालिका घेर्न गएका नेविसंघका ७ विद्यार्थी पक्राउ



अ+ अ-

पोखरा । पोखरा महानगरपालिका घेराउ गर्न पुगेका नेपाल विद्यार्थी संघ (नेविसंघ) का ७ जना विद्याथीलाई प्रहरीले पक्राउ गरेर छोडेको छ ।

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, शंकर घिमिरे, संस्कृत क्याम्पस सभापति कमल पौडेल, विद्यार्थी नेताहरु लक्ष्मी पाण्डे, प्रकाश भट्टराई, सागर अधिकारी र उमा ठकुरी रहेका छन् ।

विद्यार्थीले महानगरपालिका शिक्षा महाशाखाको काममा बाधा पुर्‍याएको आरोपमा ७ विद्यार्थीलाई पक्राउ गरी कार्यालय समयपछि छोडिएको प्रहरीले जनाएको छ ।

सार्वजनिक बिदाका दिन गाडी चलाइएको भन्दै माघ १९ गते शिक्षा शाखाको गाडी विद्यार्थीले जलाएका थिए । गाडी जलाएलगत्तै पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई छाड्न माग गर्दै घेराउ गर्न पुगेका थिए ।

प्रहरीले मुद्दा नै चलाई सकेका विद्यार्थीको रिहाइको माग गर्दै विद्यार्थीले विभिन्न आन्दोलन गर्दै आएका छन् ।