२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी एक्कासि बिरामी



अ+ अ-

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित भीमदय मावि गोलाङका सत्तरी विद्यार्थीमा अनौठो समस्या देखिएको छ ।

विद्यार्थी विद्यालयमा आएपछि शुरुमा शरीरको तापक्रम बढ्ने, ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने र वाकवाकी आउने लक्षणहरु देखापर्ने गरेको विद्यालयका शिक्षक विष्णुहरि शाहले जानकारी दिनुभयो ।

यही माघ १७ गतेदेखि केही विद्यार्थीमा देखापरेका यी लक्षण बिस्तारै अन्य विद्यार्थीमा पनि देखापर्दै गएर यसले महामारीकै जस्तो रुप देखिएको छ । यो लक्षण विद्यालयका शिक्षक र केही अभिभावकमा समेत देखापरेको शिक्षक शाहले बताउनुभयो ।

विद्यार्थी, शिक्षक र अभिभावकसमेत बिरामी परेपछि विद्यालयमा स्वास्थ्यकर्मी पठाइएको र उपचार शुरु गरिएको त्रिपुरासुन्दरी गाउँपालिकाले जानकारी दिएको छ ।