२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरस्वती पूजाका नाममा चन्दा असुल, अभिभावक आक्रान्त



अ+ अ-

वीरगन्ज । वीरगन्जको नगवामा रहेको युनाइटेड इङ्ग्लीश सेकेण्डरी बोर्डिङ स्कुल र गौतम स्कुलले सरस्वती पूजाका नाममा चन्दा असुलेको पाईएको छ ।

उक्त स्कुलले सरस्वती पूजाका नाममा नर्सरीदेखि कक्षा १० सम्म पढ्नो बिद्यार्थीलाई तालिका नै बनाएर चन्दा असुलेका हुन् । स्कुलले नर्सरी देखी कक्षा १ सम्मका प्रत्येक विद्यार्थीबाट एक सय रुपैयाँ , कक्षा २ देखि ४ का विद्यार्थीबाट दुई सय , कक्षा ५ र ६ का विद्यार्थीबाट तीन सय ५० तथा कक्षा ७ देखि १० सम्मका विद्यार्थीबाट ९ सय रुपैयाँ चन्दा असुली गरेको हो ।

निजी विद्यालयका संचालक र शिक्षकले पूजा र भोजभतेर गर्न चन्दा भन्दै कक्षा तह अनुसार , विद्यार्थीबाट जनही ५० देखि पाँच सय रुपैयाँसम्म असुली गरेको स्कुलका बिद्यार्थीहरुले बताएका छन् ।

बिद्यार्थीका अनुसार चन्दा नदिए कक्षा कोठामै बस्न नदिने बताएपछि जसरी नि पैसा दिन परेको गुनासो गरेका छन् । अभिभावकहरुले पनि यो त्यो बहाना बनाएर बेला बेलामा चन्दा असुल्दा आफुहरु मारमा परेको बताउँछन्।

वीरगन्जको घडीअर्वाका रामबाबु सोनारले भने, ‘एक त महिना फिस् तिर्न नै धौ–धौ हुन्छ, त्यसमा अहिले सरस्वतीपूजाको चन्दाका नाममा एक हजार रुपैयाँ तिर्नु पर्दा झनै समस्या भएको छ।’

बिद्यार्थीलाई बिभिन्न धम्कि दिने भएको कारण जसरी नि चन्दाको रकम बुझाउनु परेको अभिभावक बताउछन् ।

वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले भने, अहिले सरस्वतीपूजाका नामामा निजी विद्यालयहरुले विद्यार्थीहरुबाट रकम असुलेको हल्ला आफूले पनि सुनेको , ‘तर यस बारेमा लिखित गुनासो लिएर नआएको बताएका छन् ।