२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी लिभरपुलसँगै लिगको शीर्ष स्थानमा उक्लियो



अ+ अ-

काठमाडौं । साविक विजेता म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा एभर्टनलाई २–० गोलअन्तरले पराजित गर्दै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा एमेरिक लापोर्टे र गाब्रियल जेसुसले समान १–१ गोल गरे ।

पहिलो हाफको अतिरिक्त समयमा लापोर्टेले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा अग्रता लिएको सिटीले दोस्रो हाफको अन्तिम समयमा गोल गर्दै जित हात पारेको हो ।

खेलको अतिरिक्त समयमा जेसुसले गोल गरेपछि सिटीले एभर्टनलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

जितसँगै लिगको शीर्ष स्थानमा उक्लिएको सिटीको २६ खेलबाट ६२ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलको पनि समान ६२ अंक नै छ । तर गोलअन्तरमा पछि पर्दै लिभरपुल लिगको दोस्रो स्थानमा पुगेको हो ।