२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसीले देशको अर्थतन्त्रमा टेवा पुर्याउँछः नेता प्रकाशमान सिंह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)ले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने बताउनुभएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उहाँले एमसिसी नेपालको हितमा रहेकाले कांग्रेसले प्रतिपक्षमा रहेको बेलामा पनि एमसिसीको वकालत गरेको बताउनुभएको हो ।

“एमसिसी मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेकाले नेपालको हितमा छ भनेर कांग्रेसले सरकार र प्रतिपक्षमा हुँदा आवाज उठाउँदै आएको हो”, उहाँले भन्नुभयो । उहाँले विपक्षी दलले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताउनुभयो ।

नेता सिंहले केही दलले एमसिसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गर्दै हिँडेकोमा आपत्ति जनाउनुभयो । “के एमसिसी राष्ट्रघाती भएको भए संसद्बाट पारित हुन्थ्यो त ?”, उहाँले प्रश्न गर्नुभयो । एमसिसीका बारेमा जनतालाई घरघरमा गएर बुझाउने जिम्मा कांग्रेसको काँधमा आएको उहाँको भनाइ छ ।