२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गर्यो नेपाली नागरिकता रद्द



अ+ अ-

काठमाडौं । विदेशी नागरिकले जाली कागजात पेस गरी लिएका तीन सय ३९ नेपाली नागरिकता सरकारले रद्द गरेको छ । ०५४ देखि ०७३ को अवधिमा ती नागरिकता लिइएको गृह मन्त्रालयले जनाएको छ । रद्द गरिएका नागरिकता अधिकांश भारतीय मूलका नागरिकले लिएका थिए । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल नागरिकता ऐन, २०६३ ले दिएको अधिकार क्षेत्रभित्र रही विदेशी नागरिकको नागरिकता रद्द गरिएको बताए ।

नेपाल नागरिकता ऐन, २०६३ अनुसार नागरिकता रद्द नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि मात्रै हुन्छ । यसका लागि नागरिकतावाहकविरुद्ध नेपाल सरकारको आधिकारिक निकायमा उजुरी पर्नुपर्छ । छानबिनपछि गृह हुँदै उक्त उजुरी आवश्यक कारबाहीका लागि मन्त्रिपरिषद् बैठकमा पेस हुन्छ । मन्त्रिपरिषद्को
बैठकले आवश्यक ठाने उक्त नागरिकता रद्द गर्न सक्छ ।

प्रवक्ता सुवेदीले भने, ‘नागरिकता रद्द गृहले गर्ने होइन, परेको उजुरीलाई मन्त्रिपरिषद् बैठकमा पेस मात्रै गर्ने हो । उक्त नागरिकता रद्द गर्ने हो या होइन, त्यसको निर्णय मन्त्रिपरिषद् बैठकले गर्छ । अहिले जति पनि नागरिकता रद्द गरिएका छन्, सबै मन्त्रिपरिषद् बैठकबाटै भएका हुन् ।’ समाचार नयाँ पत्रिकामा छ ।