२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको रगतले सुत्केरीको ज्यान जोगियो



अ+ अ-

डोटी । दिपायलमा नेपाली सेनाले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ ।

नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआइसिंह गाउँपालिका–४ तिखातरकी २२ वर्षीया पावर्ती जेठाराको ज्यान जोगिएको हो । व्यथाले च्यापेर दिपायलस्तिथ शैलेश्वरी अस्पतालमा भर्ना भएकी जेडाराको अत्यधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो ।

रक्तश्रावका कारण ज्यान नै खतरामा परेका कारण नेपाली सेनाले दुईपिन्ट ‘ए पोजेटिभ’ रगत दिएका कारण निजको ज्यान जोगिएको अस्पतालका निर्देशक आइजँग कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “शरीरमा रगत सकिएर महिलाको ज्यानै खतरामा परेको थियो, सेनाले रगत दिएपछि उहाँको ज्यान जोगियो ।” नेपाली सेनाले डोटीमा विगतदेखि नै स्थानीयवासीलाई समस्या परेको बेला रगत दिँदै आएको छ ।