२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपीको खूद नाफा करिब १० अर्ब डलर



अ+ अ-

लन्डन । खनिज तेलको खोज, उत्खनन तथा वितरण गर्ने तथा ऊर्जा उत्पादक विशाल बेलायती कम्पनी बीपीको सन् २०१८ को खूद वार्षिक नाफा ९ अर्ब ४० करोड डलर भएको कम्पनीले जनाएको छ ।

अघिल्लो वर्ष सन् २०१७ को तुलनामा कम्पनीको नाफा झण्डै तीन गुणाले वृद्धि भएको हो ।

सन् २०१७ मा कर कटाएर कम्पनीको खूद नाफा ३ अर्ब ४० करोड रहेको थियो । बीपीको आम्दानी वृद्धि हुनुमा तेलको मूल्य बढ्नु र विदेशी विनिमय दरमा सुधार हुनु रहेको पनि कम्पनीले जनाएको छ ।