२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ किलो सुन काण्ड : युएईमा गोरेका साथी हरिशरण खड्का पक्राउ



अ+ अ-

काठमाडौँ । युएई प्रहरीले नेपालले इन्टरपोल रेड नोटिसमा राखेका सुन तस्करका आरोपी हरिशरण खड्कालाई पक्राउ गरेको छ ।

युएई प्रहरीले खड्का विरुद्धका कानूनी कागजपत्र माग गरेको र नेपाल एनसिबीमा उक्त कागजात पठाउने तयारीमा आफुहरु रहेको इन्टरपोलको काठमाडौँ इन्चार्ज एसपी उमेशराज जोशीले बताएका छन् ।

दुबई ( युएई)मा पक्राउ परेका छन्, त्यहाँको कानूनी प्रक्रिया पुरा गरि नेपाल ल्याउने छौं,’ एसपी जोशीले भने, ‘सबै प्रक्रिया पुरा गर्न ८०–९० दिन लाग्न सक्छ।’

एसपी जोशीका अनुसार विशेष अनुसन्धान टोलीले खड्काको संलग्नता सहित उनलाई पनि सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाएको थियो । सो प्रकरणमा मुछिएपछि खड्का नेपाल छाडेर दुबई बस्दै आएका थिए ।

खड्का यसअघि २० पुस २०७३ मा केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा समेत मुछिएका थिए ।

यसअघि सोही मुद्दामा दुबईबाट पक्राउ गरी प्रहरीले बेनु श्रेष्ठलाई नेपाल ल्याएको थियो । गिरोहका नाइकेमध्ये एक चुणामणि उप्रेती ‘गोरे’का भाई पनि दुबईमा पक्राउ परेकोमा ल्याउने प्रक्रिया अघि बढाइएको छ । खड्का पनि गोरेका प्रमुख साझेदार हुन् ।